कारोना संक्रमणको उच्च जोखिम मोलेर जनतालाई सूचना प्रवाह गर्ने काममा अहोरात्र खटिरहेका सञ्चारकर्मीको व्यावसायिक सुरक्षाको सम्मान गर्न महासंघ सम्बन्धित पक्षसँग आग्रह

मिति: २०७७/०१/२६

कारोना संक्रमणले उत्पन्न गराएको अहिलेको संकटपूर्ण अवस्थामा केही सञ्चारगृहहरुले श्रमजीवी पत्रकारहरुलाई कामबाट हटाउने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिने क्रम बढेकोप्रति नेपाल पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । कोरोना संक्रमणले उत्पन्न गराएको लकडाउन लगायतका कठिन परिस्थितिमा कुनै पनि सञ्चार प्रतिष्ठान आफ्ना कर्मचारी र कामदारप्रतिको दायित्वबाट पन्छिन मिल्दैन भन्ने महासंघको निष्कर्ष छ । संक्रमणको उच्च जोखिम मोलेर जनतालाई सूचना प्रवाह गर्ने काममा अहोरात्र खटिरहेका सञ्चारकर्मीको व्यावसायिक सुरक्षाको सम्मान गर्न महासंघ सम्बन्धित पक्षसँग आग्रह गर्दछ ।

महासंघ श्रमजीवी पत्रकारलाई कामबाट हटाउने कार्य तत्काल रोक्न, पारिश्रमिक नपाएका पत्रकारहरुलाई पारिश्रमिक उपलब्ध गराउन, खाइपाइ आएको पारिश्रमिक नघटाउन र बेतलबी बिदामा नराख्न आग्रह गर्दछ । अन्यथा महासंघ कानुनी लगायतका सबै संघर्षमा जान बाध्य हुने प्रष्ट पार्न चाहन्छ ।

साथै अहिलेको विषम परिस्थितिमा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानहरुलाई राहत र सहुलियत उपलब्ध गराउन महासंघ नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

लकडाउनको समयमा प्रेसको दुरुपयोग गरी सवारी साधन र ज्याकेट प्रयोग गर्ने प्रवृत्ति बढेकोप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । महासंघ सञ्चारकर्मी बाहेकका व्यक्तिलाई त्यस किसिमको दुरुपयोग नगर्न आग्रह गर्दछ । अनाधिकृत रुपमा प्रेसको दुरुपयोग गर्ने व्यक्तिलाई चेकजाँच गरी कारवाही गर्न महासंघ सम्बन्धित निकायसँग आग्र गर्दछ ।

रमेश विष्ट
महासचिव

 Download