मितिः २०७७।०२।२८
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका सदस्य एवं तुखवरडटकमका समाचार शाखा प्रमुख बलराम पुडासैनीलाई समाचार संकलनका क्रममा हटौडा–९ निवासी रमेश गेलालले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ मकवानपुर शाखाका अनुसार जेठ २७ हेटौडा–४ पारिजातपथमा मल लिन लामवद्ध रहेका किसानहरुले भोग्नु परेको समस्या र त्यहाँको अवस्था बारेमा समाचार सकंलनका लागि पुगेका पत्रकार पुडासैनीलाई निज गेलालले बिनाकारण प्रहरीकै सामुन्ने धकेल्दै अपशब्द प्रगोग गर्दै दुर्व्यवहार गरेका थिए । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रुपले बढिरहेको अवस्थामा सम्भावित जोखिमको ख्याल नगरी पेशागत कर्ममा जुटेका पत्रकारमाथि यस किसिमले प्रस्तुत हुनु प्रेस विरोधी काम हो । महासंघ पत्रकारमाथि भएको दुर्व्यवहारको कडा शब्दमा भर्त्सना गर्दछ । घटनामा संलग्नमाथि कानुनी कारबाही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन र निर्वाध रुपमा काम गर्ने वातावरण मिलाउन महासंघ सम्बन्धित निकायसँग माग गर्दछ ।
रमेश विष्ट
महासचिव