मितिः २०७७।०२।३२
समाचारको विषयलाईलिएर ‘काठमाडौं प्रेस डटकम’ का प्रवन्ध सम्पादक गोविन्द परियारलाई सुमेग ट्राभस एसेन्सीका सञ्चालक मेघ केसीले अपशब्द प्रयोग गर्दै धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रवन्ध सम्पादक परियारका अनुसार काठमाडौं प्रेसले जेठ २५, २६ र ३० गते चार्टर्ड उडानमा महँगो भाडाअसुलेका विषयमा विभिन्न शीर्षकमा समाचार गरेपछि सोही निहुँमा आफूलाई आइतबार विहान ११:५ बजे ९८५१०८२५१२ नम्बरको मोवाइलबाट फोन गरी निज के.सी.ले ‘समाचार के आधारमा लेखियो,प्रमाण के छ’ भन्दै अपशब्द प्रयोग गर्दै सिध्याइदिन्छु भनेर धम्क्याएका थिए ।
प्रकाशित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापितपद्धति छ । त्यसलाई बेवास्ता गर्दै पत्रकारलाई ठाडो चुनौती दिँदै अपशब्द प्रयोग गर्दे सिध्याइदिन्छु भनेर धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी कार्य हो । महासंघ पत्रकार परियारलाई दिएको धम्की घटनाको कडा शब्दमा भर्त्सना गर्दै धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।
रमेश विष्ट
महासचिव