मितिः २०७७।०५।२६
समाचारको विषयलाई लिएर धनगढीस्थित दिनेश सञ्चारगृहमा केही व्यक्ति प्रवेश गरी गरिएको आक्रमण र पत्रकार कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघ कैलाली शाखाका अनुसार धनगढी थुनुवा कक्षभित्रै एक युवकले आत्महत्या गरेको विषयमा प्रकाशित समाचारलाई लिएर आज १५÷२० जनाको समुह एक्कासि सञ्चारगृह भित्र प्रवेश गरी आक्रमण गर्दै उक्त समाचार डिलिट गर्न धम्क्याउदै एफएमका सहसम्पादक जनक विष्टलगायतका पत्रकारमाथि हातपात र कुटपिट गरेका थिए ।
प्रकाशित समाचार चित्त नबुझे कानुनी उपचार खोजिनुपर्नेमा गुण्डागर्दी शैलीमा सञ्चारगृहमा प्रवेश गरी भएको आक्रमण र कुटपिट आपत्तिजनक हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ प्रेसमाथि गरिएको यो ज्यादतीको कडा शब्दमा भर्त्सना गर्दछ । घटनामा संलग्न व्यक्तिहरुको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन एवं पत्रकार र सञ्चारगृहको सुरक्षामा गम्भीर भई स्वतन्त्र र निर्वाहरुपमा काम गर्ने वातावरण निर्माण गर्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।
रमेश विष्ट
महासचिव