महासंघका सचिव हेमकर्ण विकलाई मातृशोक र महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायणप्रसाद शर्मालाई पितृशोक

 

मिति : २०७८।०२।०२


नेपाल पत्रकार महासंघका सचिव हेमकर्ण विकलाई मातृशोक परेको छ । उहाँकी ममतामयी माता कलादेवी विकको ७० वर्षको उमेरमा कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा गएराति ११ः४५ बजे निधन भएको हो । ह्दयघात भएपछि उहाँलाई उपचारका लागि उक्त अस्पतालमा भर्ना गरिएको थियो । स्वर्गीय विकका श्रीमान् र सचिव हेमकर्णसहित तीन छोरा हुनुहुन्छ ।
यसैगरी नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायणप्रसाद शर्मालाई पितृशोक परेको छ । उहाँका पिता गंगाधर शर्माको ९० वर्षको उमेरमा पूर्वी नवलपरासीको कावासोती नगरपालिका–६ स्थित निवासमा शनिबार दिउँसो निधन भएको हो । उहाँ दम र मुटुसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय शर्माका चार छोरी र दुई छोरा हुनुहुन्छ ।
नेपाल पत्रकार महासंघ स्वर्गीय माता विक र स्वर्गीय पिता शर्माप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै दुवै मृतआत्माको चिरशान्तिको कामना गर्दछ । साथै, दुःखको यस घडीमा मातृशोकमा पर्नुभएका सचिव हेम कर्ण विक र पितृशोकमा पर्नुभएका महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मासहित दुवै जनाको शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।



रोसन पुरी
महासचिव

 

 Download