सर्वोच्च अदालतको निर्णयलेे संविधानको रक्षा हुनुका साथै लोकतान्त्रिक विधि र मूल्य मान्यता पुनर्स्थापित भएको महासंघको निष्कर्ष

मिति : २०७८।०३।२९


सम्मानित सर्वोच्च अदालतलको विघटित प्रतिनिधि सभा पुनस्र्थापित गर्ने ऐतिहासिक फैसलाको नेपाल पत्रकार महासंघ हार्दिक स्वागत गर्दछ । सर्वाेच्च अदालतको यो निर्णयले संविधानको रक्षा हुनुका साथै लोकतान्त्रिक विधि र मूल्य मान्यता पुनस्र्थापित भएको महासंघको निष्कर्ष छ ।  
सर्वोच्च अदालतको फैसलापछि सम्मानित र स्वतन्त्र अदालतमाथि भएका अशोभनीय टिका–टिप्पणी र प्रधान न्यायाधीशको पुत्ला दहन गर्ने कार्यको महासंघ भत्र्सना गर्दछ । स्वतन्त्र न्यायपालिकामाथि कुनै पनि  पक्षबाट प्रहार गर्न हुँदैन भन्नेमा महासंघको प्रष्ट दृष्टिकोण रहँदै आएको छ । 
पुनस्र्थापित प्रतिनिधि सभा र संसद्बाट निर्माण हुने सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गर्दै सञ्चार क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने छ भन्ने महासंघ विश्वास प्रकट गर्दछ ।  


    रोसन पुरी 
    महासचिव

 Download