कोरोना संक्रमणका कारण पत्रकार मनोज विष्टको निधन

मिति : २०७८।०२।२८

कोरोना संक्रमणका कारण पत्रकार मनोज विष्टको निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचाररत पत्रकार विष्टको उपचारकै क्रममा २०७८ साउन २३ गते निधन भएको हो । उज्यालो रेडियो नेर्टवर्कसहित विभिन्न सञ्चारमाध्यममा लामो समय पत्रकारितामा क्रियाशील विष्टको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु पत्रकार गुमाएको छ ।

महासंघ स्वर्गीय पत्रकार विष्टप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धर्ैयधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

कोरोनाकै कारण हालसम्म २१ जना पत्रकारको निधन भएको छ भने १ हजारभन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गर्दछ ।

 

रोसन पुरी

महासचिव

 Download