गृह मन्त्रालयद्वारा माघ १३ गते जारी प्रेस विज्ञप्तिप्रति महासंघको ध्यानाकर्षण

मितिः२०७८।१०।१४

गृह मन्त्रालयद्वारा २०७८ माघ १३ गते जारी प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । विज्ञप्तिमा उल्लेख गरिएका कतिपय विषय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल प्रयोग हुन सक्नेतर्फ महासंघको ध्यानाकर्षण भएको हो । विज्ञप्तिमा उल्लेख ‘व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा असर पर्न सक्ने’ भन्ने जस्ता वाक्याङ्श प्रेस स्वतन्त्रताविरुद्ध प्रयोग हुन सक्नेतर्फ महासंघ सरकारको ध्यानाकर्षण गराउन चाहन्छ । महासंघ संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

रोसन पुरी

महासचिव

 Download