समाचार लेख्दा आचारसंहिताको पूर्ण पालना गर्न सम्बन्धित सञ्चारमाध्यमलाई महासंघको सचेत

मिति : २०७८।११।१४

नेपाल आज प्रा।लिबाट सञ्चालित न्युज पोर्टल ‘नेपाल आज डटकम’ले विभिन्न सञ्चार माध्यम र पत्रकारविरुद्ध नियोजित तथा निरन्तर गलत समाचार लेखेको भन्दै पीडितहरुले महासंघमा जानकारी गराएका छन् ।

नेपाल पत्रकार महासंघको आचारसंहिता अनुगमन समितिले गरेको अनुगमनमा पनि नेपालवाच डटकम र त्यसमा कार्यरत पत्रकारविरुद्ध ‘नेपाल आज’ नामक अनलाइन र त्यसमा कार्यरत पत्रकारले आचार संहिता र मुलुकको विद्यमान कानूनको उल्लंघन गर्दै लगातार तथा नियोजित समाचार लेखेको देखिएको छ । सञ्चार माध्यम र पत्रकारका बारेमा समाचार लेख्दा आचारसंहिताको पूर्ण पालना गर्न र आइन्दा यस प्रकारका काम नगर्न सम्बन्धित सञ्चार माध्यमलाई सचेत गराइन्छ ।

पवन आचार्य

सचिव

 Download