पत्रकार पक्राउ र दुर्व्यवहारको भर्त्सना

२०७३।०८।०९

 

सिरहको गोलबजारबाट प्रकाशित अनुकल्प दैनिकका सम्पादक अर्जुन थपलियालाई मंसिर ७ गते राति प्रहरीले पक्राउ गरी आज म्याद थप गरेर महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा हिरासतमा राखेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

 

पत्रिकामा प्रकाशित विषयलाई समाजिक सञ्जालमा पोष्ट भई टिप्पणी गरेको विषयलाई लिएर विद्युतीय कारोबारसम्बन्धी ऐन आकर्षित गरेर पक्राउ गरिनु ऐनको दुरुपयोगमात्र नभई स्वतन्त्र प्रेसमाथिको हस्तक्षेपसमेत हो । महासंघ पत्रकार थपलियालाई तत्काल रिहा गर्न आग्रह गर्दछ ।

 

यसैगरी समाचार संकलनको क्रममा नागरिक दैनिकका सिरहा सम्वाददाता मिथिलेश यादवलाई मंसिर ६ गते दुव्र्यवहार गर्नुका साथै उहाँको मोबाइल फुटाइ दिएको घटनाप्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

पत्रकार यादवलाई लहानस्थित लिला मदन पोली क्लिनिकमा दुई पक्षबीच भइरहेको विवादको समचार संकलन गर्ने क्रममा दुव्र्यवहार गर्दै मोबाइलसमेत फुटाइदिएको सिरहा शाखाले जनाएको छ ।

 

नागरिकलाई सुसूचित गर्ने दायित्व निर्वाह गरिरहेका पत्रकारमाथि भएको यो घटनाको महासंघ कडा शब्दमा भत्र्सना गर्दछ । र, घटनाको छानबिन गरी यथार्थ पहिचान र दोषीमाथि कारबाहीको मागसमेत गर्दछ ।

 

..................

ध्रुव लम्साल

सचिव