पत्रकार सिंहको निधनकाे खबरले महासंघ स्तब्ध

 

मिति : २०७९।०३।०९

नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका सदस्य प्रणव सिंहको २६ वर्षको अल्पायुमै उपचारको क्रममा निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । विरामी परेका पत्रकार सिंहलाई असार ७ गते नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि भर्ना गरिएकोमा उपचारकै क्रममा आज बिहान निधन भएको हो । स्वर्गीय प्रणव सिंह नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भीमबहादुर सिंहका जेठा सुपुत्र हुनुहुन्थ्यो ।

जाजरकोटमा रहेर पत्रकारितामा सक्रिय सिंह विगन्युज अनलाइनमा कार्यरत हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली पत्रकारिता जगतले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय प्रणवप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ शोकमा रहनुभएका उहाँका पिता महासंघका केन्द्रीय सदस्य भीमबहादुर सिंहसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।

रोसन पुरी

महासचिव