केही स्थापित सञ्चारमाध्यममा प्रकाशन नै नभएको विषय वस्तुलाई प्रविधिको दुरुपयोग गरेर प्रस्तुत गरी सामाजिक सञ्जालमा पोष्ट गरिएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७९।०८।०३

केही स्थापित सञ्चारमाध्यममा प्रकाशन नै नभएको विषय वस्तुलाई प्रविधिको दुरुपयोग गरेर प्रस्तुत गरी सामाजिक सञ्जालमा पोष्ट गरिएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

स्थापित सञ्चारमाध्यमको लोगो प्रयोग गरी झुटो समाचार बनाइ इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रम फैलाउनु, सोर्स कोड परिवर्तन गर्नु र सामाजिक सञ्जालमा पोष्ट गर्नु साइबर अपराध हो । सम्बन्धित सञ्चारमाध्यमको लोगो र नाम जोडेर भ्रमित गर्नु निन्दनीय कार्य हो । यस्ता कार्य पत्रकारिताको मूल्यमान्यता र आचारसंहिताको गम्भीर उल्लङ्घन हो ।

महासंघले यस घटनालाई नजिकबाट अध्ययन गरिरहेको छ । महासंघ प्रचलित कानुनको उल्लङ्घन गरी निर्वाचन जस्तो महत्वपूणर् र संवेदनशील समयमा गरिएको यो कार्यमा संलग्नहरूमाथि अनुसन्धान गरी कारबाही गर्न निर्वाचन आयोग, प्रेस काउन्सिल नेपाल र नेपाल प्रहबरीको साइबर व्यूरोको गम्भीर ध्यानाकर्षण गराउँदछ । साथै, यस्ता सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न महासंघ सञ्चारकर्मीहरूलाई आग्रह गर्दछ ।

 

पवन आचार्य

प्रमुख

आचारसंहिता अनुगनम विभाग

 Download