पूर्वउपसभापति शिवहरि भट्टराईको निधनकाे खबरले महासंघ स्तब्ध

मिति : २०७९।०८।१८

नेपाल पत्रकार महासंघका पूर्वउपसभापति तथा मधेस मिडिया काउन्सिलका अध्यक्ष वरिष्ठ पत्रकार शिवहरि भट्टराईको ६५ वर्षको उमेरमा भएको असामयिक निधनकाे दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ ।

महासंघ सर्लाही शाखाको मंसिर १७ गते शनिबार हुने साधारणसभाको निमन्त्रणामा मंसिर १६ गते शुक्रबार सर्लाही पुगी लालबन्दी–१३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा साँझ खाना खाएर सोही होटलमा बसेका वरिष्ठ पत्रकार भट्टराई सुतेको कोठमा नै मृत अवस्थामा भेटिनु भएको थियो ।

विगत चार दशकदेखि सक्रिय पत्रकारिता गरिरहेका वरिष्ठ पत्रकार भट्टराई महासंघ सप्तरी शाखाको संस्थापक सभापति हुनुहुन्थ्यो । महासंघको केन्द्रीय निर्वाचन समितिको संयोजकको भूमिका समेत निभाइ सक्नुभएको वरिष्ठ पत्रकार भट्टराईलाई महासंघले २०७५ सालमा कृष्णप्रसाद ‘भट्टराई स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मानित गरेको थियो ।

उहाँको निधनले नेपाली पत्रकारिता जगत्ले एक परिपक्क, योग्य, अनुभवी र एकजना मूर्धन्य व्यक्तित्व गुमाएको छ भने महासंघले अभिभावक गुमाएको छ । उहाँको निधनलाई महासंघले पत्रकारिता जगतको अपूरणीय क्षतिको रूपमा लिएको छ । उहाँले पत्रकारिता क्षेत्रमा पु¥याउनु भएको योगदानको नेपाली पत्रकारिता जगत्ले सदा स्मरण गरिरहनेछ । स्वर्गीय भट्टराईका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय भट्टराईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।

 

गोविन्दप्रसाद चौलागाई

सचिव

 Download