नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सहसचिव पूर्णकुमार चौधरीको निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध

मिति : २०७९।१०।१९

नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सहसचिव पूर्णकुमार चौधरीको ३५ वर्षको अल्पायुमै उपचारको क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । पिसाबमा संक्रमण देखिएपछि दुई दिनअघि उक्त अस्पताल भर्ना गरिएका चौधरीको गएराति १ः०० बजे उपचारकै क्रममा निधन भएको हो ।

धनकुटामा रहेर सक्रिय पत्रकारितामा संलग्न चौधरी पछिल्लो समय रेडियो भेडेटारमा स्टेशन मेनेजरका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।

रोसन पुरी

महासचिव

 Download