विकासन्युज डटकमका प्रधानसम्पादक रामकृष्ण पौडेललाई समाचारको विषयलाई लिएर मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ज्यान मार्ने धम्की दिएको घटनाप्रति महासंघको ध्यानाकर्षण

 

मिति : २०८०।०३।३१

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सदस्य एवं विकासन्युज डटकमका प्रधानसम्पादक रामकृष्ण पौडेललाई समाचारको विषयलाई लिएर मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

असार २९ गते शुक्रबार बेलुका ६ः५५ बजे मेडिकल व्यवसायी प्रसाईले ९८०१०५२२२२ नम्बरबाट फोन गरी धम्कीपूर्ण शब्द प्रयोग गरेर पत्रकार पौडेललाई धम्क्याएको महासंघ ललितपुर शाखाले जनाएको छ ।

संप्रेषित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए त्यसउपर कानुनी उपचारमा जानसकिने स्थापित पद्धति र प्रावधान छ । त्यसलाई बेवास्ता गर्दै पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो । महासंघ पत्रकारलाई हतोत्साहित र आतंकित पार्ने यस्तो धम्कीको भत्र्सना गर्दछ ।

पत्रकारलाई दिइएको यो धम्की सार्वजनिक रूपमा फिर्ता लिई संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न र प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्य नदोहो¥याउन सम्बन्धित व्यक्तिको ध्यानाकर्षण गराउँदै महासंघ पत्रकार सुरक्षामा गम्भीर भई पत्रकारलाई निर्धक्क र स्वतन्त्र रूपमा सञ्चार कर्ममा जुट्ने वातावरण निर्माण गर्न सरकारसँग माग गर्दछ ।

गोविन्दप्रसाद चौलागाई

सचिव

May be an image of text that says 'नेपाल पत्रकार महासंघ Federation (FNJ) केन्द्रीय नेपाल विज्ञप्ति २०5००३।३१ नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सदस्य विकासन्यज प्रधानसम्पादक रामकृष्ण पौडेललाई समाचारको विषयलाई लिएर मेडिकल व्यवसायी प्रसाईले धम्की घटनाप्रति नेपाल पत्रकार ध्यानाकर्षण भएको असार शुक्रबार बेलुका ६:५५ बजे मेडिकल व्यवसायी प्रसाईले नम्बरबाट धम्कीपूर्ण शब्द प्रयोग गरेर पत्रकार पौडेललाई धम्क्याएको महासंघ ललितपुर शाखाले जनाएको संप्रेषित समाचारप्रति चित्त नबुभे स्थापित पद्दति प्रावधान स्वतन्त्रतामाथिको ठाडो भर्त्सना गर्दछ धम्की सार्वजनिक संविधानले सुनिश्चित अधिकारको सम्मान स्वतन्त्रताविरोधी यस्ता कार्य सम्बन्धित व्यक्तिको ध्यानाकर्षण गराउदै महासंघ पत्रकार सुरक्षामा पत्रकारलाई निर्धक्क रूपमा सत्चार कर्ममा वातावरण गर्न त्यसउपर कानुनी उपचारमा त्यसलाई बेवास्ता पत्रकारलाई धम्की महासंघ पत्रकारलाई हतोत्साहित पत्रकारलाई गोविन्दप्रसाद चौलागाई सचिव'