भक्तपुर शाखाका कार्यसमिति सदस्य रामगोपाल तमखूलाई पितृशोक परेको खबरले महासंघ स्तब्ध

 

मिति : २०८१।०१।३१

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका कार्यसमिति सदस्य रामगोपाल तमखूलाई पितृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । उहाँका ८० वर्षीय पूजनीय पिता रामप्रसाद तमखूको उपचारका क्रममा वैशाख २८ गते शुक्रबार राति काठमाडौंस्थित शहीद गंगालाल ह्दय रोग केन्द्रमा निधन भएको हो । स्वर्गीय तमखू लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र मुटसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।

नेपाल पत्रकार महासंघ स्वर्गीय पिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।

 

रोसन पुरी

महासचिव

 Download