धनुषामा क्रियाशील पत्रकार शिवेन्द्र रोहिताको मोटरसाइकल दुर्घटनामा परी ३२ वर्षको अल्पायुमै निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध : घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग

 

मिति ; २०८१।०२।०६

धनुषामा क्रियाशील पत्रकार शिवेन्द्र रोहिताको मोटरसाइकल दुर्घटनामा परी ३२ वर्षको अल्पायुमै निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।

जेठ ५ गते शनिबार बिहान करिव ३ः०० बजेतिर पत्रकार रोहिता सवार प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकललाई बा २१ च ३३४३ नम्बरको कारले जनकपुरधामको थापाचोकमा ठक्कर दिँदा यो दुःखद् घटना भएको हो ।

धनुषामा रहेर पत्रकारितामा सक्रिय पत्रकार रोहिता पछिल्लो समय ‘राजधानी जनकपुर अनलाइन’ मा कार्यरत हुनुहन्थ्यो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय रोहिताप्रति भावपूणर् श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । र, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।

साथै, घटनाको प्रकृति र पत्रकार रोहिता सवार मोटरसाइकलमा पछाडि बसेका घाइतेको भनाइअनुसार घटना रहस्यम र शंकास्पद देखिने आधारहरु रहेकोले घटनाको सुक्ष्म अध्ययन र अनुसन्धान गरी दोषीमाथि कानुनीबमोजिम कारबाहीको माग गर्दछ ।

रोसन पुरी

महासचिव

 Download