महासंघ कास्की शाखाका उपाध्यक्ष रामप्रसाद तिमिल्सेनालाई मातृशोक

 

मिति : २०८१/०२/०९

नेपाल पत्रकार महासंघ कास्की शाखाका उपाध्यक्ष रामप्रसाद तिमिल्सेनालाई मातृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ दुःखी भएको छ । उहाँकी ८४ वर्षीया ममतामयी आमा लोकमाया तिमिल्सेनाको जेठ ६ गते आइतबार साँझ निधनको भएको हो ।

नेपाल पत्रकार महासंघ स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ शाखा उपाध्यक्ष रामप्रसाद तिमिल्सेनासहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।

.................

रोसन पुरी

महासचिव

 Download