प्रकाशित समाचारको विषयलाई लिएर चलचित्र फर्की फर्कीका निर्माताले गालीगलौज गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८१।०२।१३

सुत्र न्यूज डटकममा कार्यरत पत्रकार केशव खड्कालाई अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर चलचित्र फर्की फर्कीका निर्माताले गालीगलौज गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

उक्त अनलाइनमा चलचित्र फर्की फर्कीको समीक्षा प्रकाशन भएको थियो । सोही विषयलाई लिएर चलचित्रका निर्माताले पत्रकार खड्कालाई गालीगलौज गरिएको जानकारी महासंघमा प्राप्त भएको छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी प्रक्रियामा जानसकिने या प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने प्रावधान हुँदाहुँदै त्यसविरुद्ध जानु निन्दनीय र प्रेसविरोधी काम हो । महासंघ प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

साथै, व्यावसायिक पत्रकारिताको धर्म निर्वाहका क्रममा सन्तुलित समाचार र विचार प्रवाहमा ध्यान दिन महासंघ पत्रकारलाई पनि सचेत गराउँदछ ।

.................

रोसन पुरी

महासचिव

 Download