नेपाल पत्रकार मञ्चका सदस्य बल्लभ भण्डारीको उपचारको क्रममा ललितपुरको जावलाखेलस्थित ब्लड अस्पतालमा ६० वर्षको उमेरमा निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध

 

मिति : २०८१।०२।१५

नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पत्रकार मञ्चका सदस्य बल्लभ भण्डारीको उपचारको क्रममा ललितपुरको जावलाखेलस्थित ब्लड अस्पतालमा ६० वर्षको उमेरमा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।

ब्लड क्यान्सरबाट पीडित भण्डारीको केही समयदेखि उक्त अस्पतालमा उपचारत भई रहेकोमा उपचारकै क्रममा जेठ १४ गते सोमबार निधन भएको हो । स्वर्गीय भण्डारीका श्रीमती र एक छोरी हुनुहुन्छ ।

झण्डै तीन दशकदेखि पत्रकारितामा सक्रिय भण्डारी पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चको प्रकाशन स्वास्थ्य सन्देश मासिकको सम्पादकका रूपमा कार्यरत हुनुहुथ्यो । भण्डारीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र कुशल पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।

 

रोसन पुरी

महासचिव

 Download