महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी भएकोमा महासंघ केन्द्रीय समितिको ध्यानाकर्षण

 

मिति : २०८१।०२।१९

नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि मतदाता नामावली प्रकाशित नहुँदै महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी भएकोमा महासंघ केन्द्रीय समितिको ध्यानाकर्षण भएको छ । हालसम्म महासंघले मतदाताहरूको आधिकारिक सूची प्रकाशित नगरेको जानकारी गराइन्छ ।

निर्वाचन समितिमार्फत् प्रकाशित हुने मतदाता नामावलीमा त्रुटि सच्याउने तथा छुटेका पत्रकारहरूको नाम समेट्न सकिने भएकाले केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दी खोलेर तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने वातावरण निर्माणका लागि आग्रह गर्दछौँ ।

असहमतिलाई वार्ता र सम्वादमार्फत् समाधान गर्न सकिने भएकोले चुनावको वातावरण निर्माणमा सम्वेदनशील बन्न महासंघ सबैमा आग्रह गर्दछ ।

 

विपुल पाख्रेल

अध्यक्ष