कर्णाली मिडिया अनलाइनका कार्यकारी सम्पादक जगत सापकाटोमाथि अपरिचित व्यक्तिले सांघातिक आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८१।०७।०८

सुर्खेतबाट सञ्चालित कर्णाली मिडिया अनलाइनका कार्यकारी सम्पादक जगत सापकाटोमाथि अपरिचित व्यक्तिले सांघातिक आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघ सुर्खेत शाखाका अनुसार कात्तिक ६ गते मंगलबार सञ्चारकर्म सकेर सुर्खेतस्थित जुम्लारोडमा रहेको मोक्ष होटलमा कफी खाइरहेको अवस्थामा पत्रकार सापकोटामाथि बिनाकारण सांघातिक आक्रमण भएको थियो । आक्रमणबाट टाउकोमा चोट लागी उपचाररत रहेका सापकोटाको टाउकोमा ६ टाका लगाइएको शाखाले जनाएको छ ।

कुनै पनि बहानामा पत्रकारमाथि यस प्रकारले आक्रमण हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रता विरोधी काम हो । महासंघ आक्रमण गर्ने व्यक्तिको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर पत्रकारलाई निर्भीकतापूर्वक काम गर्ने वातावरण निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

...................

रोसन पुरी

महासचिव

May be an image of text