नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य प्रेमबहादुर क्षेत्रीको ह्दयघातका कारण ३७ वर्षको अल्पायुमै निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध

 

मिति : २०८१।०७।१२

नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य प्रेमबहादुर क्षेत्रीको ह्दयघातका कारण ३७ वर्षको अल्पायुमै निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।

अचानक छाती दुखेपछि उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज पु¥याइएका क्षेत्रीको उपचारको क्रममा २०८१ कात्तिक १० गते शनिबार राति सोही अस्पतालमा निधन भएको हो । स्वर्गीय क्षेत्रीका श्रीमती र एक छोरी हुनुहुन्छ ।

विगत १७ वर्षदेखि चितवनमा रहेर पत्रकारितामा सक्रिय पत्रकार क्षेत्री पछिल्लो समय विजय एफएम १०६.६ मेगाहर्जमा सहायक स्टेशन म्यानेजर र विजय खबर पत्रिकाको समाचार सम्पादकको रुपमा कार्यरत हुनुहन्थ्यो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय क्षेत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । र, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।

रोसन पुरी

महासचिव

 Download