नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्लेलाई मातृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध

 

मितिः २०८१ कात्तिक १६ गते

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्लेलाई मातृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । उहाँकी ७६ वर्षीया ममतामयी आमा दीपकुमारी काफ्लेको हृदयघातका कारण बिहीबार राति ११ः३० बजे मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा निधन भएको हो । तनहुँको व्यास–३, दमौली निवासी स्वर्गीय काफ्लेका महासंघ केन्द्रीय सदस्य प्रदीप काफ्लेसहित तीन छोरा र तीन छोरी हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडी महासंघ केन्द्रीय सदस्य प्रदीप काफ्लेसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।

रोसन पुरी

महासचिव

 Download