राष्ट्रिय दलित पत्रकार संघ, कैलालीका सहसचिव सुरेश भुलको निर्मम कुटपिटबाट निधन भएको घटनाले नेपाल पत्रकार महासंघ स्तब्ध

 

मिति : २०८१/०७/२८ 

राष्ट्रिय दलित पत्रकार संघ, कैलालीका सहसचिव सुरेश भुलको निर्मम कुटपिटबाट निधन भएको घटनाले नेपाल पत्रकार महासंघ स्तब्ध र मर्माहत भएको छ । कैलालीको गौरीगंगा नगरपालिका ११ कान्तिपुर टोल बस्ने भुललाई २०८१ कात्तिक २५ गते साँझ ५ बजेतिर सामान्य विवादमा सोही ठाउँको एक समूहले निर्मम कुटपिट गरेको जानकारीमा आएको छ । कुटपिटबाट गम्भीर घाइते सुरेशको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा २६ गते बिहान मृत्यु भएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समिति पत्रकार भुलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । घटनामा संलग्न दोषीहरूलाई यथाशिघ्र कानुनी कारबाहीको दायरामा ल्याउन महासंघ सरकारसँग जोडदार माग गर्दछ ।

घटनाको अनुसन्धानका लागि महासंघले केन्द्रीय सचिव हेमकर्ण विकको संयोजकत्वमा मिसन टोली खटाएको छ । मिसन टोलीले आजैदेखि कार्य थालनी गरेको छ । टोलीले १५ दिनभित्र घटनाको सत्यतथ्य सहितको प्रतिवेदन पेश गर्नेछ ।

 

रोसन पुरी

महासचिव

 Download