वरिष्ठ पत्रकार प्रधानको निधनले महासंघ स्तब्ध

 

२०७४।०६।२२
वरिष्ठ पत्रकार गणेश बल्लभ प्रधानको ८३ वर्षको उमेरमा असोज २१ गते उपचारका क्रममा काठमाडौंस्थित ब्लुक्रस नर्सिङ होममा निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित प्रधानलाई रोगले च्यापेपछि अस्पताल भर्ना गरिएको थियो ।

तत्कालीन जन्मभूमि साप्ताहिकमा प्रधान सम्पादक रहेर काम गर्नुभएका प्रधान राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्षसमेत हुनुहुन्थ्यो । उहाँकोे निधनबाट नेपाली पत्रकारिता जगत्ले अनुभवी पत्रकार गुमाएको छ । स्वर्गीय प्रधानका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ । उहाँका छोरा शिरीष बल्लभ प्रधान पत्रकार हुनुहुन्छ ।

महासंघ, स्वर्गीय प्रधानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ र दुःखको यस घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।

.....................
रमेश विष्ट
महासचिव