मिति : २०८२।०१।१०
राष्ट्रिय समाचार समितिका पत्रकार पूर्णप्रसाद मिश्रलाई समाचार संकलनका क्रममा निर्माण व्यवसायी संघको प्रतिनिधि बताउने एक व्यक्तिले दुर्व्यवहार गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
यही वैशाख ९ गते मंगलबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ स्थित कोलमोतेश्वमा निर्माणाधीन सार्वजनिक सडकको तस्वीर खिँचेपछि महासंघ रासस प्रतिष्ठान शाखाका सदस्यसमेत रहेका मिश्रलाई ती व्यक्तिले धम्क्याउँदै खिँचेको सामग्री हटाउन दबाब दिएको शाखाले जनाएको छ ।
पेशागत धर्म निर्वाहमा जुटेका पत्रकारमाथि भएको यो व्यवहारलाई महासंघले अत्यन्त आपत्तिजनक र प्रेस स्वतन्त्रताविरोधी कदमको रुपमा लिएको छ । महासंघ यस्तो हर्कतमा संलग्न जो कोही भए पनि तत्काल कानुनी कारबाही गरी पत्रकारलाई निर्वाध र निर्धक्क भएर सञ्चारकर्ममा जुट्ने वातावरण निर्माणका लागि सम्बन्धित निकायसँग माग गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव