पत्रकारमाथि भएका आक्रमण तथा धम्कीप्रति महासंघको गम्भीर ध्यानाकर्षण

देशका विभिन्न स्थानमा पत्रकारमाथि भएका आक्रमण तथा धम्कीका घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 
नेपाल पत्रकार महासंघ मनाङ शाखा उपाध्यक्ष एंव रासस मनाङ प्रतिनिधि नविन लामिछाने माथी भएको धम्की र आक्रमण प्रयासको महासंघ कडा शब्दमा बिरोध प्रकट गर्दछ । समाचार संकलनका क्रममा रहेको लामिछानेलाई मनाङ जिल्ला प्रदेश ‘ख’ एमाले समर्थीत राजिव गुरुङका (दिपक मनाङे) कार्यकर्ता तथा मेसेङ गाँउपालिका अध्यक्ष कान्छा घले र तिलिचो होटलका सञ्चालक कर्मा गुरुङले आक्रमण प्रयास गरेको थिए । उनिहरुले पत्रकार लामिछानेको क्यामरा खोस्न खोज्दै मनाङमा बसे नबाच्ने धम्की दिएका छन् ।
त्यसैगरि कैलाली शाखाका अनुसार मंसिर २ गते राती करिव १२ बजेतिर आफ्नै घर बर्दगोरिया गाउँपालिका २ बौनियामा नेपाल पत्रकार महासंघ कैलाली शाखा सदस्य तथा  जनता टिभीका कैलाली प्रतिनिधि लक्ष्मी जैसीमाथि हतियारधारी अज्ञात समूहले आक्रमण गरेकोे छ । आक्रमणबाट पत्रकार जैसीकोे टाउको र निधारमा गम्भिर चोट लागेको छ । हाल उहाको नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ ।
जनताको सुसूचित हुने अधिकारमा कटिवद्व पत्रकार माथि हुने यस्ता आक्रमण तथा धम्कीका घटना प्रेस स्वतन्त्रतामाथिको गम्भीर उल्लङ्घन भएको महासंघको ठहर छ । उक्त घटानप्रति खेद व्यक्तगर्दै सत्यतथ्य छानवीन गरि दोषीमाथि कारबाही गर्न र निर्भयताकासाथ पत्रकारलाई आफ्नो कार्यमा क्रियाशील हुने वातावरण निर्माण गर्न महासंघ सम्बन्धित पक्षसंग माग गर्दछ ।