पत्रकार शेरबहादुर शाहको उपचारका क्रममा असामयिक निधन भएको दुःखद खबरले नेपाल पत्रकार महासंघ स्तब्ध

 

मिति : २०८२/०६/२९ 

 

पत्रकार शेरबहादुर शाहको उपचारका क्रममा यही असोज २८ गते काठमाडौं शिक्षण अस्पताल सिनामंगलमा असामयिक निधन भएको दुःखद खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ।

कैलालीस्थित रेडियो प्रदेश सेभेन ९३.५ मेगाहर्जका सञ्चालक शाह एकवर्षदेखि कलेजो सम्बन्धि रोगबाट पीडित भई उपचाररत रहनुभएको थियो । उहाँ विरामी भएपछि उक्त रेडियो बन्द भएको छ। 

अछामका पत्रकार शाहको निधनबाट नेपाली पत्रकारिता क्षेत्रले एक उर्जावान पत्रकार गुमाएको छ । महासंघ स्वर्गीय शाहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै चिरशान्तिको कामना गर्दछ । साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ। 

 

रामप्रसाद दाहाल 
महासचिव 
 

 Download