पत्रकार पराजुलीको निधनको खबरले महासंघ स्तब्ध

 

मिति :२०८२।०७।२८

पत्रकार सत्यराम पराजुलीको उपचारको क्रममा ४९ वर्षको उमेरमा भएको असामयिक निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । क्यान्सरबाट पीडित पराजुलीको २०८२ कात्तिक २५ गते मंगलबार निधन भएको हो ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य पराजुली पछिल्लो समय मजदुर आवाज साप्ताहिकका प्रधानसम्पादक/प्रकाशक हुनुहुन्थ्यो । नुवाकोट जिल्ला तादी गाउँपालिका–५ निवासी पराजुलीकोे निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको छ ।

महासंघ स्वर्गीय पराजुलीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 Download