प्रकाशित समाचार चित्त नबुझेको भन्दै ईपरीज्यूज डटकमका पत्रकार दिलीप पर्तेललाई हातपात र दुर्व्यवहार गरिएकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८२।०८।०४

प्रकाशित समाचार चित्त नबुझेको भन्दै ईपरीज्यूज डटकमका पत्रकार दिलीप पर्तेललाई हातपात र दुर्व्यवहार गरिएकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

उक्त अनलाइनमा २०८२ जेठ २९ गते ‘कार्यालय समयमा मोटरसाइकल सिक्दै स्वास्थ्यकर्मी’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

सोही निहुँमा २०८२ मंसिर ३ गते जैमिनी नगरपालिका–३ दमेकस्थित नेपाने सहरी स्वास्थ्य केन्द्रका प्रमुख भीम पुनले वडा कार्यालयमा पत्रकार पर्तेलमाथि यस्तो हर्कत गरेको महासंघको बाग्लुङ शाखाले जनाएको छ ।

समाचारमा चित्त नबुझे प्रचलित विधिअनुसार समाधान खोज्नुको साटो यस प्रकारको आक्रमण हुनु निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी कदम रहेको महासंघ ठान्दछ ।

महासंघ यो घटनाको छानबिन गरी दोषीलाई तत्काल कानुनी दायारामा ल्याउन र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 Download