मुक्तिपछि आफ्नै मेहनतले आत्मनिर्भर बन्दै छन् मुक्त कमैया परिवार
अविनाश चौधरी
धनगढी, पुस ७ गते । सानो उमेरमै जमिन्दारको घरमा कमलरी बस्नुपर्दा भजनी नगरपालिका–१ मधुवन बस्तीकी दिलरानी थारुको मनमा एउटै कुरा खेल्ने गर्दथ्यौ । ‘अलि ठूलो भएपछि दासताको जीवनबाट मुक्ति पाउँला । अनि, कुनै व्यवसाय गरी कमाई खाउँला !’
उनी ठूली भइन् । कसैको दुलही पनि बनिन् । समय बद्लियो, स्थान फेरियो तर, परिस्थिति बद्लिएन । श्रीमानले दुलही बनाएर अन्माएकै केहि दिनपछि दिलरानीले श्रीमान्संगै कमैया बस्न जानुप¥यो ।
सानो छँदा कमलरी भएर मालिकको घरमा श्रम गरेकी उनी अब बुक्रही (महिला कमैया) बन्न बाध्य भइन् । ‘श्रीमान् पहिलैदेखि जमिन्दारको घरमा कमैया हुनुहुन्थ्यो’, दिलरानी भन्छिन्, ‘विवाह भएपछि उहाँसंगै म पनि बुक्रही बस्न गएँ ।’
बुक्रही भएर मालिकको घरमा कामगर्ने क्रममा खाली समयलाई सदुपयोग गर्न उनी लेहङ्गा (महिलाले लगाउने कपडा) हातले नै सिलाई गर्थिन् । तर, मालिक–मालिक्नीको कचकच र कामको चापले उनले लेहङ्गा बनाउने काम खासै गर्न पाइनन् । ‘मैले लेहङ्गा सिलाउने सीप सिके तर त्यहि काम गर्न पाइन । अरु, काम सकेपछि लुकीलुकी सिलाई गर्दथें,’ उनले अनुभव सुनाइन् ।
सानो छँदा कमलरी भएर मालिकको घरमा श्रम गरेकी उनी अब बुक्रही (महिला कमैया) बन्न बाध्य भइन् । ‘श्रीमान् पहिलैदेखि जमिन्दारको घरमा कमैया हुनुहुन्थ्यो’, दिलरानी भन्छिन्, ‘विवाह भएपछि उहाँसंगै म पनि बुक्रही बस्न गएँ ।’
२०५७ साल साउन २ गते तत्कालिन सरकारले मुलुकमा कमैया मुक्तिको घोषणा गरेपछि दिलरानीलाई आफुले सिकेको सीप खुलेरै सदुपयोग गर्ने अवसर मिल्यो । उनले एउटा सिलाई मेशिन किन्ने र लेहङ्गा सिलाईको काम गर्ने अठोटका साथ लागिन् । र, उनी आफ्नो घरमै लेहङ्गा सिलाई गर्ने टेलर्स सञ्चालन गर्न सफल भएकीछिन् । त्यहि, लेहङ्गा सिलाई गर्ने पेशाले अहिले दिलरानीको परिवारको जिवीका धानेको छ ।
कमैया मुक्तिको करिब पाँच वर्षपछि कडा परिश्रम गरेर सञ्चालन गरेको टेलर्स व्यवसायले अब परिवारको खर्च मात्रै धानेको छैन, दिलरानीले वचत समेत गरेकी छन् । ‘सबै खर्च कटाएर वर्षमा ७०÷८० हजार रुपैया बचत हुन्छ । यो आम्दानीले खाना, लाउनको लागि कुनै चिन्ताछैन,’ उनले भनिन् ।
धनगढी उपमहानगरपालिका–८ राधाकृष्ण मुक्त कमैया बस्तीकी बजारी चौधरी व्यावसायिक तरकारी खेतीमा संलग्न छिन् । विगत तीन वर्षदेखि व्यावसायिक रुपमा च्याउ उमार्दै आएकी बजारीलाई एक सिजनमा कम्तीमा डेढ लाखभन्दा बढी रुपैया आम्दानी हुने गर्दछ ।
‘युवा स्वरोजगार कार्यक्रमअन्तर्गत जिल्ला कृषि विकास कार्यालयबाट तालिम र अनुदान लिएर केही वर्षदेखि व्यावसायिक च्याउ खेती गर्दै आएकी छु’, उनी भन्छिन्, ‘मेरो कामबाट आएको दामले घर गुजारामा सहयोग भएको छ । पहिले दुई छाक टार्न समस्या थियो । अब कुनै चिन्ता छैन ।’
आफ्नै व्यवसाय गरेर आत्मनिर्भर बनेका दिलरानी र बजारी उदाहरणीय पात्रमात्र हुन् । कमैयामुक्ति पछि उनीहरु मात्रै हैन, अन्य थुप्रै मुक्तकमैया आत्मनिर्भरतर्फ उन्मुख भएका छन् । दासताको जीवनबाट स्वतन्त्र भई आफनो सीपलाई सदुपयोग गर्न पाएकोमा उनीहरु खुशीमात्र छैनन्, सहजै रुपमा जिवीकोपार्जन पनि गरिरहेका छन् ।
वार्षिक अन्नपात वा थोरै रुपैया पाउने शर्तमा मलिकका घरमा बधुवा मजदुरकोरुपमा कामगर्ने थारु समुदायका श्रमिकलाई कमैया भनिएको हो । मुक्त हुनुपूर्व उनीहरुको जीवन निकै कष्टकर अवस्थामा बितेको पूर्व कमैयाहरु बताउँछन् । ‘आफ्नो काम गरेपछि जे आउँछ, सबै आफ्नै हुन्छ’, दिलरानी थारु भन्छिन्, ‘कमैया बसेकाबेला थोरै पाईन्थ्यो, त्यो पनि तोकिएको अवधि पुगेपछि मात्रै ।’
‘आफ्नो काम गरेपछि जे आउँछ, सबै आफ्नै हुन्छ’, दिलरानी थारु भन्छिन्, ‘कमैया बसेकाबेला थोरै पाईन्थ्यो, त्यो पनि तोकिएको अवधि पुगेपछि मात्रै ।’
पाँच जिल्लाको गरी नेपालमा ३७ हजार ५ सय (परिचय पत्र नभएका ५ हजार परिवार सहित) मुक्त कमैया रहेका छन् । जसको २३.७६ प्रतिशत अर्थात आठ हजार ९ सय १० परिवार कैलालीमा छन् ।
कतिपय परिवारका हालसम्म चार हजार ३ सय २१ जनाले भूमिसुधार कार्यालयबाट मात्रै सीपमूलक तालिम लिएका छन् । तालिम लिएकामध्ये दुई हजार ९ सय ४० जना (करिब ६८.३३ प्रतिशत) व्यक्ति स्वरोजगार बनेको भूमी सुधार कार्यालयको दावी छ ।
आयआर्जनको कार्यमा संलग्न भएपछि कतिपय मुक्त कमैया परिवारले ठूलठूला व्यवसायसमेत सञ्चालन गरिरहेका छन् । धनगढीका युवा व्यवसायी छेदालाल चौधरी यसको उदाहरण हुन् । डकर्मीको कामबाट आयआर्जन सुरु गरेका पूर्वकमैया परिवारका चौधरी अहिले करोड लगानीको कङ्क्रिट उद्योगको मालिक छन् ।
बाआमा कमैया रहेकाबेला जोशीपुरबाट मजदुरी गर्नकालागि धनगढी आएका थिए, चौधरी । उनले केहि वर्ष विभिन्न ठेकेदारसँग मिलेर काम गरे । चिनजान बढ्दै गएपछि आफै ठेक्का लिएर घर बनाउन थाले ।
ठेक्कापट्टा र घर बनाउने कामबाट आयआर्जन भएपछि उनी कङ्क्रिट उद्योग सञ्चालन गरेका हुन । साधारण लेखपढ समेत गर्न नपाएका चौधरी एक सफल युवा उद्यमीका रुपमा आफ्नो पहिचान बनाएका छन् ।
उनी भन्छन्, ‘हिजो रोजगारी खोज्दैं यताउति भौतारिएँ । आज रोजगारी उपलब्ध गराउने अवस्थामा पुगेको छु ।’ चौधरीको उद्योगमा केहि व्यक्तिले रोजगारी पाएका छन् ।
कमैया वृत्तिविकास कार्यक्रम अन्तर्गत सीपमूलक तालिम लिएर यहाँका अधिकांश मुक्तकमैया परिवार स्वरोजगार भएको भूमिसुधार कार्यालयका कमैयाफाँट सुपरभाइजर अमरबहादुर चौधरीले बताए ।
‘सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले प्रदान गर्दै आएको सीपमूलक तालिम लिएर धेरै मुक्तकमैया परिवार स्वरोजगार भएका छन्’, उनले भने, ‘उनीहरुलाई अब पहिलेकोजस्तो समस्या छैन । धेरै परिवार आत्मनिर्भर भएका छन् ।’ कमैया वृत्तिविकास कार्यक्रमअन्तर्गत मुक्त कमैया परिवारलाई स्वरोजगार बनाउने उद्देश्यले ४९ प्रकारका सीपमूलक तालिम दिने गरिएको छ ।
उनी भन्छन्, ‘हिजो रोजगारी खोज्दैं यताउति भौतारिएँ । आज रोजगारी उपलब्ध गराउने अवस्थामा पुगेको छु ।’ चौधरीको उद्योगमा केहि व्यक्तिले रोजगारी पाएका छन् ।
त्यस्ता तालिममा सिकर्मी, डकर्मी, सिलाई कटाई, व्यवसायिक तरकारी खेती, बङ्गुर पालन, च्याउ खेती, साइकल–मोटरसाइकल मर्मत लगायत छन् । ‘तालिम लिनेहरुमध्ये अधिकांश स्वरोजगार छन्’ कमैया फाँट सुपरभाइजर चौधरीले भने । उनकाअनुसार एउटाको प्रगति देखेर अरुले पनि सीपमूलक तालिम लिने र काम थाल्नेक्रम बढ्दो छ ।
स्वतन्त्रपूर्वक कामगर्न पाउँदा जिविकोपार्जनको पाटो सहज भएको मुक्तकमैया बताउँछन् । आयआर्जनको पाटो राम्रो भएपछि धनगढी उपमहानगरपालिका–१ पुरानो एयरपोर्टमा बसोबास गर्दै आएका २२ मुक्तकमैया परिवारले पक्की घर बनाएका छन् ।
‘कमसेकम एउटा राम्रो घर बनाउन सके पहिलेको दुःख भुल्न सकिन्थ्यो कि भनेर सोच्दै आएको थिएँ’, पुरानो एयरपोर्ट बस्तीका सीताराम चौधरीले भने, ‘दुःख गरेर कमाएको पैसाले अहिले साँच्चिकै पक्की घर बनाउन सफल भएको छु । विपनाको यो यथार्थ कहिलेकाँही अझै सपना जस्तो लाग्ने गरेको छ ।’
नगर विकास समितिले जग्गाको लालपूर्जा उपलब्ध गराउने वाचा गरेपछि लालपूर्जा पाउनुपूर्व नै यो बस्तीका मुक्तकमैया परिवारले पक्की घर ठडयाएका छन् । ‘लालपूर्जा छिट्टै मिल्छ भनिएको छ’, बस्तीकी अगुवा महिला बसन्ती चौधरीले भनिन् ।
धनगढी बजार र आसपास बसोबास गर्दै आएका मुक्त कमैयाहरुलाई आयआर्जनका लागि सजिलो भएको छ । बजारमा आवश्यक पर्ने श्रमिक जनशक्तिको रुपमा उनीहरु प्रयोग भइरहेका छन् जसकाकारण उनीहरु बेरोजगार बस्नुपरेको छैन । र, कमाई पनि राम्रो रहेको बताउँछन् । बजार आसपास बसोबास गर्दैआएका अधिकांश पूर्वकमैया परिवारले व्यावसायिक तरकारी खेती समेत गर्दै पनि आएका छन् ।
मुक्तकमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले कैलालीमा १० प्रतिशत मुक्त कमैयाहरु आत्मनिर्भर भएको आफूहरुको आँकलन रहेको बताए । उनले भने, ‘बाँकी परिवार गुजाराकालागि अरुमाथि नै निर्भर रहेको देखिन्छ । तर, विभिन्न आयमूलक कार्यका कारण पहिलेको भन्दा उहाँहरुको अवस्था राम्रो छ ।’
कैलालीमा रहेका मुक्तकमैया परिवारमध्ये आठ हजार २ सय ३ परिवारको पुनःस्थापना भइसकेको छ भने अझैं ७ सय ७ परिवारको अझै बाँकी छ । चालू आर्थिक वर्षभित्रै बाँकी सबै परिवारको पुनःस्थापना गरेर उनीहरुको जिविकोपार्जनको पाटोलाई सहज बनाउने सरकारी लक्ष्य रहेको छ । यो लक्ष्य पूरा भयो भने मुक्तकमैया परिवारमा दिलरानी थारुको परिवारलाई झैं जीवीकोपार्जनको चिन्ता त हुने छैन नै, साथै खुशीको बहार पनि आउने छ ।
Source:http://hamarpahura.com/11000