मोरङबाट सञ्चालित उज्यालो प्रदेश डटकम अनलाइनका पत्रकार निकेश बराललाई समाचार संकलनका क्रममा गरिएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति :२०७५।१२।१७

मोरङबाट सञ्चालित उज्यालो प्रदेश डटकम अनलाइनमा कार्यरत पत्रकार निकेश बराललाई समाचार संकलनका क्रममा गरिएको आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
चैत्र १५ गते मोरङ सुकुना बहुमुखी क्याम्पसको विवादलाई लिएर नेविसंघले निकालेको विरोध प्रदर्शनको समाचार संकलनका क्रममा तस्बिर खिच्दै गर्दा प्रदर्शनकारीले गरेको आक्रमणबाट पत्रकार बरालको टाउको र हातमा चोट लाग्नुका साथै मोवाइल फोनमा समेत क्षति पुगेको छ ।

स्वतन्त्रतापूर्वक समाचार संकलन गरिरहेको पत्रकारमाथि भएको यो आक्रमणको महासंघ कडा भर्त्सना गर्दै आक्रमणकारीको तत्काल पहिचान गरी कानुनी कारबाही गर्न र पत्रकारलाई निर्वाध र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसंग माग गर्दछ ।

    रामप्रसाद दाहाल
    सचिव
    रामप्रसाद दाहाल
    सचिव

 डाउनलोड गर्नुहोस्