समाचार संकलनका क्रममा प्रहरीले प्रक्राउ गरी दुई घण्टा नियन्त्रणमा लिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७५।१२।१८


नेपाल पत्रकार महासंघ कास्की शाखाका निवर्तमान उपाध्यक्ष एवं सभासद् राजेन्द्र अधिकारीलाई समाचार संकलनका क्रममा प्रहरीले प्रक्राउ गरी दुई घण्टा नियन्त्रणमा लिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
आज विहान समाचार संकलनका लागि पोखरास्थित पृथ्वीनारायण क्याम्पस पुगेका पत्रकार अधिकारीलाई प्रहरीले पक्राउ गरेपछि महासंघ कास्की शाखाको पहलमा रिहा गरिएको थियो । 
नागरिकलाई सुसूचित गर्ने संवैधानिक जिम्मेवारी वहन गरिरहेका पत्रकारलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ प्रहरीको यस्तो ज्यादतीको घोर भर्त्सना गर्दछ । र, प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र पत्रकारलाई स्वतन्त्र र निर्भीकरूपमा काम गर्ने वातावारण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ ।


    रामप्रसाद दाहाल
    सचिव

 डाउनलोड गर्नुहोस्