पत्रकार दाहालमाथि भएको आक्रमणको भर्त्सना

मिति : २०७६।०४।१७


नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य तथा सञ्चारखबर अनलाइनका सम्पादक एवं युट्युव च्यानल युथ अरोमाका सञ्चालक प्रकाशचन्द्र दाहालमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

आज बागबजारस्थित अनलाइनको कार्यालयमा रहेका पत्रकार दाहालमाथि ४/५ जनाको समुहमा आएका व्यक्तिले ‘यही हो’ भन्दै हेलमेटलगायतले कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका पत्रकार दाहालको प्रदर्शनीमार्गस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ ।

महासंघ पत्रकार दाहालमाथि भएको यो आक्रमणको कडा भर्त्सना गर्दै आक्रमणमा संलग्न व्यक्तिहरुको तत्काल पहिचान गरी कानुनी कारबाही गर्न र पत्रकार र सञ्चार गृहको सुरक्षामा गम्भीर हुन सरकारसँग माग गर्दछ । 


रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्