पत्रकार आचार्यलाई पत्नीशोक

२०७३।०३।०९

नेपाल पत्रकार महासंघ सदस्य एवं रौतहटमा क्रियाशील पत्रकार नरहरि आचार्यलाई पत्नीशोक परेको खवर सुन्दा महासंघ स्तब्ध भएको छ । जेठ ३० गते बाराको निजगढबाट आफ्नो घर रौतहटको चन्द्रनिगाहपुर आउने क्रममा आचार्य, श्रीमती प्रमिला भण्डारी र छोरी प्रशंसा आचार्य चढेको ना २७ प ६३१२ नम्बरको मोटरसाइकललाई काठमाडौंबाट चन्द्रनिगाहपुर जाँदै गरेको ना १ ज ३७४८ नम्बरको टाटासुमोले ठक्कर दिएको थियो । पत्रकार आचार्य, श्रीमती भण्डारी र छोरीलाई हेटौडास्थित चुरेहिल अस्पतालमा भर्ना गरिएकोमा हिजो असार ८ गते श्रीमती भण्डारीको दुखद निधन भएको हो ।  

सोही दुर्घटना घाइते पत्रकार आचार्य र छोरीलाई थप उपचारको लागि आज काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

महासंघ यस दुखद घडीमा स्वर्गीय श्रीमती भण्डारीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै पत्रकार नरहरि आचार्यसहित शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

साथै, महासंघ उक्त घटनाका दोषीलाई कानुनी कारबाही र पीडितको उपचार व्यवस्था एवं क्षतिपूर्तिका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

    ......................
    उजिर मगर
    महासचिव