मिति : २०८१।११।१३
नेपाल पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक परेको छ । सिग्देलका पूजनीय पिता केशवप्रसाद सिग्देलको ७४ वर्षको उमेरमा २०८१ फागुन १२ गते सोमबार कावासोती–८ कैलाश चोकस्थित निवासमा निधन भएको हो । स्वर्गीय सिग्देलका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।
नेपाल पत्रकार महासंघ स्वर्गीय सिग्देलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस दुःखद् घडीमा शाखा अध्यक्ष श्रीराम सिग्देललगायत शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ।
रामप्रसाद दाहाल
महासचिव