मिति : २०८१।११।१४
समाचारको विषयलाई लिएर क्योउदाईन्यूजका प्रधानसम्पादक दीपक गौतमलाई केबीएल इन्टरनेसनल कम्पनीका अध्यक्ष कुमार कार्कीले धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
महासंघ जापान शाखाका अनुसार उक्त कम्पनीले नक्कली सिओइ बनाइ नेपालबाट जापान मान्छे पठाउने गरेको विषयमा क्योउदाईन्यूजमा समाचार प्रकाशित भएको थियो । सोही निहुँमा फागुन १२ गते सोमबार कम्पनीका अध्यक्ष कार्कीले महासंघ जापान शाखाका सल्लाहकारसमेत रहेका गौतमलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र भौतिक कारबाहीको धम्की दिँदै भ्वाइस मेजेस पठाएको शाखाले जनाएको छ ।
प्रकाशित समाचारमा कुनै गुनासो रहे त्यसउपर कानुनी उपचारमा जान सकिने या प्रेस काउन्सिलमा उजुरी दिन सकिने प्रचलित अभ्यासविपरीत पत्रकारलाई यसप्रकारले धम्क्याउने कदमलाई महासंघले प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहारको रुपमा लिएको छ ।
महासंघ प्रेस स्वतन्त्रताविरोधी यो हर्कतको कडा भर्त्सना गर्दछ । र, धम्की दिनेमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ संविधानप्रदत्त प्रेसको अधिकारको पूर्ण र सुरक्षित उपभोगको वातावरण निर्माणका लागि सम्बन्धित निकायसँग माग गर्दछ ।
रामप्रसाद दाहाल
महासचि