मिति : २०८२।०३।१८
नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवविरुद्ध स्थानीय राजनीतिज्ञ राजकुमार साहबाट सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण भएको छ ।
यादवबाट सार्वजनिक एक भिडियो सामग्रीलाई लिएर साहले अशिष्ट भाषा प्रयोग गरी गालीगलौजसहित टीकाटिप्पणी गरेको महासंघ मधेस प्रदेश समितिको भनाई छ ।
अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्दा व्यक्तिको सामाजिक चरित्र र प्रतिष्ठामा आघात पुर्याउनु अत्यन्त निन्दनीय र सामाजिक अपराध हो ।
महासंघ यस्तो हर्कतको भत्र्सना गर्दै घटनाको छानबिन गर्न र दोषीमाथि आवश्यक कानुनी कारबाही गरी सुरक्षित एवं भयरहित पत्रकारिताको प्रत्याभूति दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।
रामप्रसाद दाहाल
महासचिव