पत्रकार अजय गोर्खालीको मृत्यु रहस्यमय देखिएकोले घटनाको तत्काल छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग महासंघकाे माग

 

मिति : २०८२।०९।०६

पत्रकार अजय गोर्खालीको मृत्यु रहस्यमय देखिएको आशंकाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । २०८२ मंसिर २० गते उनको निधन भएको थियो ।

सार्वजनिक भएका फोटो, भिडियो तथा प्रत्यक्षदर्शीको भनाइले गोर्खालीको मृत्यु रहस्यको घेराभित्र रहेको आशंका गर्नसकिने महासंघ चितवन शाखाले जनाएको छ ।

शाखाले “पत्रकार अजय गोर्खालीको रहस्यमय निधनबारे अध्ययन समिति” गठन गरी घटनाको अध्ययन गरिरहेको जनाएको छ ।

अतः महासंघ यो घटनाको तत्काल छानबिन गरी सत्य–तथ्य पत्ता लगाइ दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।

 

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्