पूर्वउपाध्यक्ष भण्डारीलाई सादा पोसाकका प्रहरीले गरे दुर्व्यवहार : महासंघको ध्यानाकर्षण
मिति : २०७८।०८।०७
नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारीलाई उहाँको निवासमा एक्कासि प्रवेश गरेका सादा पोसाकका प्रहरीले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
बुढानिलकण्ठ नगरपालिका–११ कपनस्थित आज दिउँसो पूर्वउपाध्यक्ष भण्डारीको घरमा केही महिनाअगाडि डेरा बसी छाडिसेकेका व्यक्तिको बारेमा सोधखोज गर्न एक्कासि पुगेका ५ जना सादा पोसाकका प्रहरीलाई के कसो भनी जानकारी लिन खोज्दा प्रहरीले उल्टै उहाँलाई दुर्व्यवहार गरेको पूर्वउपाध्यक्ष भण्डारीले महासंघलाई जानकारी गराउनु भएको छ ।
कुनै पनि व्यक्तिको घरमा पुगेर सोधखोज गर्दा प्रहरीबाट पदीय जिम्मेवारी वहन गर्दा मर्यादित भई प्रस्तुत हुनु पर्नेमा यस किसिमले दुर्व्यवहार गरिनु निन्दनीय र दुःखद् कार्य हो । महासंघ घटनाको छानबिन गरी दोषी प्रहरीमाथि विभागीय कारबाही गर्न र यस्ता कार्य नदोहो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।
......................
रोसन पुरी
महासचिव
 
 
 
 
 

 Download