नेपाली प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सन् २०१६ को अवस्थासम्बन्धी संक्षिप्त प्रतिवेदन

२०७३।०९।१७ (१ जनवरी २०१७)
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको दृष्टिकोणले सन् २०१६ मा विगतका वर्षको तुलनामा केहिहद सुधार भएको पाइएको छ । स्न २०१५ मा तराई मधेश आन्दोलन तथा विभिन्न संघसंगठनको आन्दोलनका कारण मिडियामाथि आक्रमणका घटना अधिक देखिएकोमा विगतको वर्षभन्दा यो वर्ष प्रेस स्वतन्त्रता हनन्का घटनामा कमि देखिएको छ । यो वर्ष प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतका हनन्का ५६ वटा घटना महासंघको मडिया मोनिटरिङ्ग इकाईमा दर्ता भएका छन् । जसमध्ये १० जना पत्रकारहरू पत्रकारिताको क्षेत्रमा क्रियाशिल रहँदा विभिन्न समयमा पक्राउ परेका छन् भने १० जना पत्रकार आफ्नो कार्यक्षेत्रमा क्रियाशील रहँदा विभिन्न व्यक्ति तथा समुदायबाट आक्रमणमा परेका छन् ।

त्यसैगरी सन् २०१६ मा १५ जना पत्रकारहरूलाई दुव्र्यवहार गरिएको र ४ सञ्चारसंस्थामा आक्रमण भएको महासंघ मिडिया मोनिटरिङ्ग एकाईमा दर्ता भएको छ । २ जना पत्रकारका सञ्चार सामग्री तोडफोड भएको छ भने २ वटा सञ्चारगृहलाई राजनीतिक दलले नियन्त्रणमा लिइ आफ्नो सम्पर्क कार्यालय स्थापना गरेका छन् ।

त्यस्तै ५ जना पत्रकारलाई धम्कीका आएको थियो भने पत्रकारिताको विषयलाई लिएर प्रहरीले ५ जना पत्रकारलाई नियन्त्रणमा लिएको महासंघको अभिलेखमा देखिन्छ । एक सञ्चारमाध्यलाई धम्की, एक रेडियोको प्रसारणमा अवरोधको पु¥याइएको छ भने १ जना पत्रकारलाई जागिरबाट निष्काशन गरिएको छ ।
यसैगरी २०१६ को मध्यतिर चर्चित पत्रकार एवं साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ ग¥यो भने गाँउले मासिकका प्रधानसम्पादक भद्रगोल किराती साइबर अपराधको मुद्दामा पक्राउ परे ।

त्यसैगरी समयवोध मासिकका पत्रकार शेषनारायण झालाई सिंहदरबारको फोटो खिँचेको निहुँमा र पत्रकार रमेश महतारा र जय दाहाललाई माओवादीको एक घण्टे चक्काजामको रिर्पाेटिङको क्रममा प्रहरीले पक्राउ गरेका थिए । दाङको गणतन्त्र दैनिकका पत्रकार गणेश आर्चायलाई दाङबाट र युनिटी भ्वाइस मासिकका सम्पादक रामचन्द्र खड्का भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आगमनको रिर्पाेटिङ गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्रेका थिए । त्यस्तै साइवर अपराधको मुद्दामा सोलुखुम्बुका पत्रकार महेश रानामगरलाई चितवनबाट र अर्जुन थपलियालाई सिराहा जिल्लाबाट पक्राउ गरिएको थियो ।

पत्रकार तथा लेखक स्नेह सायमी र सुदिप बर्देवालाई प्रहरीले केही घण्टा नियन्त्रणमा लिएका थिए भने पत्रकार मोहन बास्तोला, लोकराज जैशी तथा पत्रकार दिनेश सिंह महरालाई पनि प्रहरीले विभिन्न समयमा नियन्त्रणमा लिएर छोडेको थियो ।

यसैगरी २०१६ मै जनादेश साप्ताहिकको कार्यालयमा नयाँ शक्ति र महासंघ सप्तरी शाखा भवनमा सद्भावना पार्टीको कार्यालय राखिएको विषय विवादित रह्यो ।
यस्तै धादिङ्गको रेडियो धादिङ्ग १०६ मेगाहर्जमा स्थानीय प्रशासनले आक्रमण गरी केही समय प्रसारणसमेत अवरुद्ध पारेको थियो भने सर्लाहीको रेहियो मधेशमा अज्ञात समुहले कार्यालयको कम्प्यूटरलगायत फर्निचर तोडफोड गरेका थिए । जसका कारण केही समय रेडियोको प्रसारणसमेत अवरुद्ध भएको थियो । त्यस्तै नारायणी एफ एम पर्सामा पनि अज्ञात समुहले आक्रमण गरेका थिए भने नेकपा माओवादी सल्यानले प्रेस विज्ञप्तीमार्फत सल्यानबाट सञ्चालनमा रहेको सल्यान केवल टेलिभिजनलाई प्रसारण बन्द गर्न धम्की दिएको थियो ।

यी माथिका घटनाहरु २०१६ का केही मुख्य प्रेस स्वतन्त्रता हनन्का घट्नाहरू रहेका छन् । माथिका घट्ना श्रृंखलाले नेपाली प्रेस जगत धम्कीपूर्ण तथा असुरक्षित रहेको देखाउँदछ । विभिन्न राजनीतिक पार्टी तथा संघसस्थाले गरेको विरोधको समयमा प्रहरी प्रशासनबाट भएको आक्रमण तथा अन्य व्यक्तिबाट भएको आक्रमणले सरकाबाटै नेपाली प्रेस असुरक्षित र अपहेलित भएको देखाउँदछ ।
प्रेस स्वतन्त्रता हनन्का घट्नाभन्दाबाहेक नेपाली पत्रकारिताको जगतमा केही खुसीका काम समेत भएका छन् । नेपाल पत्रकार महासंघको लामो समयको दबाबपछि नेपाल सरकारसंगको सहकार्यामा पत्रकार दुर्घटना वीमा सुरु भएको छ । जसअन्र्तगत पहिलो तथा दोस्रो चरणमा १४७१ ज्ना पत्रकाहरूले सुविधा लिएका छन् भने तेस्रो चरणको पत्रकार दुर्घटना बीमाको नामावली सङ्कलन सुरु भैसकेको छ । साथै, पत्रकारहरुको उपचारका लागि सरकारी अस्पतालमा ५० प्रतिशत सहुलियतको घोषणा भएको छ यद्यपि सोको कान्र्यावन हुन भने बाँकी रहेको अवस्था छ । यस्तै यही अवधिमा नयाँ आमसञ्चार नीति पनि जारी भएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले यो वर्ष नेपाली प्रेस जगतमा केही नीतिगत सुधार र प्रेस स्वतन्त्रताका दृष्टिले केही नयाँ कामहरू हुनु सकारात्मक पक्ष रहेको बताउनु भएको छ । उहाँले पत्रकार र सञ्चारमाध्यमको भौतिक सुरक्षा, पत्रकारको पेशागत सुरक्षा, दण्डहीनताको अन्त्य र सेल्फसेन्सरसीपको अन्त्यका निम्ति सम्बन्धित निकायले गम्भीरतापूर्वक कार्य गर्न जरुरी रहेको औंल्याउनु भएको छ ।

(थप जानकारीका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, फोन ः ०१–४११२७६३, ४११२७७३)

प्रेस स्वतन्त्रता अनुगमन इकाई
नेपाल पत्रकार महासंघ