कान्तिपुर मिडिया ग्रुपविरुद्ध आन्दोलनका परिमार्जित कार्यक्रम

 

मितिः २०८०।०८।०६

कान्तिपुर मिडिया ग्रुपमा कार्यरत पत्रकार तथा कर्मचारीहरूको गैरकानुनी निष्कासन तथा सरुवाको विरोधमा जारी दोस्रो चरणको आन्दोलनको कार्यक्रम परिमार्जन गरिएको छ । गत कात्र्तिक १७ गते घोषित दोस्रो चरणको आन्दोलन अब मंसिर २० गतेसम्मका लागि तय गरिएको छ । नेपाल पत्रकार महासंघले पत्रकारले उठाएका जायज माग श्रमजीवी पत्रकार ऐन, २०५१ अनुसार यथाशीघ्र सम्बोधनका लागि दबाब दिने उद्देश्यले कान्तिपुर मिडिया ग्रुपमा गत असोज २९ गतेदेखि दबाबमूलक आन्दोलनको घोषणा गरेको थियो ।

पत्रकारमाथि हुने सबै खालका श्रम शोषणविरुद्ध महासंघ दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गर्दै वार्ता र सम्वादमार्फत् श्रम समस्या समाधानको बाटो खुला राखेको जानकारी गराउँछ । कान्तिपुर मिडिया ग्रुपमा कार्यरत सबै पत्रकारका लागि न्यूनतम पारिश्रमिक तथा त्यसअनुसारका सेवा सुविधा, कान्तिपुरबाट गैरकानुनी रुपमा गरिएको सरुवा, निष्कासन र प्रष्टिकरण फिर्ता तथा रोकिएको पारिश्रमिक तत्काल उपलब्ध नगराएसम्म आन्दोलन जारी रहने छ ।

व्यवस्थापनले निष्कासन गरेका पत्रकारको पुनर्वहाली, अनधिकृत सरुवाको बदर र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयलगायतका मागहरू अविलम्ब पूरा गर्न नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपसमक्ष पटकपटक आग्रह गर्दै आइरहेको छ ।

यसअघिका धर्ना लगायतका कार्यक्रममा सक्रिय सहभागिताका लागि धन्यवाद दिँदै घोषित थप कार्यक्रममा पनि सहभागिता जनाउन नेपाल पत्रकार महासंघका देशैभरका संगठनात्मक संरचनाका पदाधिकारी तथा सदस्य, विभिन्न सञ्चारगृहमा कार्यरत श्रमजीवी पत्रकार, पत्रकारका संघसंगठनका प्रतिनिधिलगायत श्रमजीवी पत्रकारका पक्षधर सबैमा महासंघ हार्दिक आग्रह गर्दछ । कान्तिपुर मिडिया ग्रुपमा कार्यरत पत्रकार, कर्मचारी तथा कामदार, ट्रेड युनियन संगठन र सरोकारवाला सबैलाई आन्दोलनमा सहभागिताका लागि आग्रह गरिन्छ ।

महासंघले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि सरकारलाई थप दबाब दिने, ऐन कार्यान्वयनका लागि सरकारी निकायबाट हुने ढिलासुस्तीबारे खबरदारी गर्ने, आन्दोलनमा देशैभरका आफ्ना संगठनात्मक संरचना परिचालन गर्ने, कान्तिपुरको गैरकानुनी कार्यविरुद्ध आम नागरिकलाईसमेत अपिल गर्नेलगायतका कार्यक्रम तयार गरिएको छ । टीकाराम प्रधानको संयोजकत्वमा कान्तिपुरमा कार्यरत पत्रकार तथा कर्मचारी सम्मिलित आन्दोलन संयोजन समिति गठन गरिएको छ ।

घोषित आन्दोलनसँगै महासंघले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चार माध्यमलाई सरकारी विज्ञापन, सेवा, सुविधा उपलब्ध नगराउन यसअघि संसदीय समितिले दिएको निर्देशनको कार्यान्वयनमा संघीय संसदको विषयगत समितिको ध्यानाकर्षण गराउने, तत्काल प्रेस रजिष्ट्रार नियुक्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउने, श्रम समस्याका सम्बन्धमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय निकायमा पत्राचार तथा भेटवार्ता गर्ने, राजनीतिक दललाई श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि पहल गर्न आग्रह गर्नेलगायतका कार्यक्रम पनि गरिने जानकारी गराइन्छ ।

संघर्षका कार्यक्रमहरू

मिति - कार्यक्रम- सहभागिता/विषय

मंसिर ८- कान्तिपुरमा धर्ना (दिउँसो ४ देखि बेलुकी ५ बजेसम्म) -थापाथलीमा सबैजना

मंसिर ९ - कान्तिपुर संघर्ष समन्वय समिति आन्तरिक तयारी छलफल

मंसिर १०- ऐन कार्यान्वयनका लागि छलफल केन्द्रीय समिति

मंसिर ११ - धर्ना (दिउँसो ४ देखि बेलुकी ५ बजेसम्म)- थापाथलीमा सबैजना

मंसिर १२ - ऐन कार्यान्वयनका लागि कान्तिपुरलाई एक रुपैयाँ सहयोग अभियान देशैभरका शाखामार्फत- सार्वजनिक स्थानमा

मंसिर १३ -धर्ना (दिउँसो ४ देखि बेलुकी ५ बजेसम्म) -थापाथलीमा सबैजना

मंसिर १४ - ऐन कार्यान्वयनका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउने शाखाले जिल्ला प्रशासनमार्फत र केन्द्रमा -सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत

मंसिर १५ - धर्ना (दिउँसो ४ देखि बेलुकी ५ बजेसम्म) -थापाथलीमा सबैजना

मंसिर १६ - सरोकारवालासँग छलफल आन्दोलन संयोजन समिति र अन्य सरोकारवालासँग

मंसिर १७ - सार्वजनिक स्थलमा अन्तरक्रिया तथा ऐन कार्यान्वयनका लागि हस्ताक्षर अभियान पाठक, दर्शक तथा स्रोतासँग -काठमाडौंमा

मंसिर १८ - धर्ना (दिउँसो ४ देखि बेलुकी ५ बजेसम्म)- थापाथलीमा सबैजना

मंसिर १९ - नागरिक समाजसँग महासंघको अन्तरक्रिया- काठमाडौंमा

मंसिर २० - धर्ना (दिउँसो ४ देखि बेलुकी बजेसम्म ५)- थापाथलीमा सबैजना

 

रोसन पुरी

महासचिव

 

 डाउनलोड गर्नुहोस्