२०७४।०४।०९

नेपाल पत्रकार महासंघको २५औं महाधिवेशन आगामी भदौ ४ र ५ गते काठमाडौंमा हुनेगरी सम्पूर्ण तयारी द्रुतरूपमा भैरहेको अवस्थामा प्रेस युनियनजस्तो जिम्मेवार संस्थाले महाधिवेशन सार्ने कार्य हुन लागेको भनी भ्रमपूर्ण विज्ञप्ति जारी गरेकोमा नेपाल पत्रकार महासंघ आश्चर्यचकित भएको छ ।

महासंघले महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्ने तयारी गरिरहेको र सो मितिमै हुने भएकोले महाधिवेशन टार्ने वा भाड्ने षड्यन्त्रपूर्वक गरिएको यस्ता गलत प्रचारको भ्रममा नपर्न महासंघ सम्वद्ध सबैमा आग्रह गर्दछ । साथै, महासंघले विधिवतरूपमा टुंगो लगाएका विषयलाई गलत ढंगले उछालेर महाधिवेशन बिथोल्ने प्रपञ्च नगर्न सम्बन्धित पक्षलाई गम्भीरतापूर्वक आग्रहसमेत गर्दछौं । महासंघको महाधिवेशन भव्यतापूर्वक सम्पन्न गर्न सहयोगका लागि महासंघ सम्पूर्ण पत्रकार मित्रहरू संघसंस्था र सम्वद्ध सबैमा अपिलसमेत गर्दछ ।

 

उजिर मगर
महासचिव

Bhuwan Karkiप्रेस बिज्ञप्ति
२०७४।०४।०९ नेपाल पत्रकार महासंघको २५औं महाधिवेशन आगामी भदौ ४ र ५ गते काठमाडौंमा हुनेगरी सम्पूर्ण तयारी द्रुतरूपमा भैरहेको अवस्थामा प्रेस युनियनजस्तो जिम्मेवार संस्थाले महाधिवेशन सार्ने कार्य हुन लागेको भनी भ्रमपूर्ण विज्ञप्ति जारी गरेकोमा नेपाल पत्रकार महासंघ आश्चर्यचकित भएको छ । महासंघले महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्ने तयारी गरिरहेको र सो मितिमै...