जोखिमपूर्ण अवस्थाको रिपोटिङ अनुभव प्रस्तुतिकरण कार्यक्रमको आयोजना 

जोखिमपूर्ण अवस्थाको रिपोटिङ अनुभव प्रस्तुतिकरण कार्यक्रमको आयोजना 



२०७५ चैत्र १५

चैत १५, काठमाडौं । नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रममध्य आजको दोस्रो कार्यक्रम जोखिमपूर्ण अवस्थाको रिपोटिङ अनुभव प्रस्तुतिकरण कार्यक्रमको आयोजना गरिएको छ । 
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता जोखिमपूर्ण भएतापनि जनतालाई सूसुचित गर्न पत्रकारितमा निरन्तरता आवश्यक रहेको बताउदै जोखिमपूर्ण अवस्थाको अनुभव प्रस्तुत गर्ने प्रस्तुत कर्ताहरुलाई धन्यबाद व्यक्त गर्नुभयो ।
महासंघका उपाध्यक्ष विपुल पोख्रेलले सहभागिहरुलाई स्वागत गर्दै पत्रकारितामा अवसर र चुनौती दुबै रहेको बताउनुभयो । 
नेपाल पत्रकार महासंघका पूर्व सभापति किशोर नेपालले पत्रकारिता क्षत्रमा रहदा आफुले पनि विभिन्न समस्या झेल्नुपरेको भन्दै समस्याहरुबाट भाग्न नहुने बताउनुभयो । 
फोटो पत्रकार चन्द्रशेखर कार्कीले जोखिमपूर्ण अवस्थाको रिपोटिङका अनुभवहरु साट्दै  फोटो पत्रकारिता पत्रकारिता क्षेत्रकै महत्वपूर्ण विधा रहेको भन्दै आफ्नो कमजोरीले आफुलाई सुधार्दै लैजाने बताउनुभयो । 
पत्रकार दिपा दाहालले रिपोटिङ्का क्रममा आफूले भोगेका तिता मिठा अनुभवहरु साट्दै पत्रकारितामा अवसर र चुनौति दुबै रहेको बताउनुभयो । 
प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ समूहिक पत्रकार रोजिता बुद्धाचार्यले सगरमाथा आरोहण मात्रै नगरेको भन्दै त्यसक्रममा आफूहरुले देखेको स्थलगत रिपोर्ट तयार गरि सरकारलाई बुझाएको बताउनुभयो । 
त्यस्तै पत्रकार होम कार्कीले खाडी मुलुकमा प्रेस स्वतन्त्रता नभएको भन्दै त्यहाँबाट पत्रकाारित गर्नु वास्तवमै चुनौतिपूर्ण रहेको बताउनुभयो । उहाँले पत्रकारिताको माध्यमबाट बैदेशिक रोजगारमा रहेका नेपालीहरुको यर्थाथता उजागर गरेको बताउनुभयो । 
कार्यक्रममा पत्रकार रेवति सापकोटाले द्वन्द्वकालमा आफूले राज्यका तर्फबाट भोग्नुपरेको पिडा र आफुले गरेको पत्रकारिता बारेको अनुभव प्रस्तुत गर्नुभयो । 
पत्रकार ऋषिराम पौडेलले भूकम्पको बेलामा गरेको जोखिमपूर्ण पत्रकारिताका बारेमा आफ्ना अनुभवहरु प्रस्तुत गर्नुभएको थियो ।