कोरोना–१९ महामारीका सन्दर्भमा पत्रकार महासंघले शुरु ग¥यो डिजिटल सम्वाद

कोरोना–१९ महामारीका सन्दर्भमा पत्रकार महासंघले शुरु ग¥यो डिजिटल सम्वाद



२०७७ बैशाख ०२

काठमाडौं, २ वैशाख । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा र महासंघको डिजिटल मिडिया समितिको संयोजनमा कोरोना–१९ महामारीका सन्दर्भमा नेपाल पत्रकार महासंघले डिजिटल सम्वाद कार्यक्रम आयोजना गर्यो । 
संवाद कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले कोरोना महामारीमा पत्रकारहरु अग्रपङ्तीमा काम गर्नुपर्ने भएकाले उच्च जोखिममा रहेको बताउनुभयो । उहाँले अहिलेको विषम परिस्थितिमा पत्रकारले सत्यतथ्यमा आधारित रहेर जिम्मेवार पत्रकारिता गर्नुपर्ने बताउनुभयो । सञ्चार क्षेत्र गम्भीर संघारमा रहेकाले विशेष राहत प्याकेज घोेषणा गर्न पनि अध्यक्ष आचार्यले सरकारसंग माग गर्नुभयो । 
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सञ्चारकर्मीहरुलाई आचारसंहिता पालनामा गम्भीर हुन आग्रह गर्नुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले संकटका बेला पत्रकारहरु पारिश्रमिकबाट बञ्चित भएको बताउदै श्रमजीवि पत्रकार थप समस्यामा परेको बताउनुभयो । डिजिटल सम्वादमा महासंघका पूर्व सभापति डा. सुरेश आचार्य, पूर्व अध्यक्ष शिव गाँउले, महासंघका महासचिव रमेश विष्ट, प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहाल, नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिग्देल, महासंघका प्रदेश अध्यक्ष एवम् उपाध्यक्षहरु, अनलाइन पत्रकार संघका पूर्व अध्यक्ष प्रवेश सुवेदीलगायतले धारणा राख्नुभएको थियो । 
संवाद कार्यक्रममा महासंघका प्रदेश समितिका अध्यक्षहरुले आ–आफ्नो प्रदेशको पत्रकारिता अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा महासंघका महासचिव विष्टले महासंघले सञ्चारगृहहरुमा गरेको स्थलगत अनुगमन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । महासंघका सचिव प्रकाश थापाले डिजिटल संवादमा मध्यस्तकर्ताको भूमिकामा हुनुहुन्थ्यो । महासंघको डिजिटल मिडिया समितिको संयोजक लेखनाथ न्यौपानेले कार्यक्रमको संयोजन गर्नुभउको थियो ।
सञ्चारगृहहरुमा गरेको स्थलगत अनुगमन प्रतिवेदन यसैसाथ संलग्न रहेको छ । 

लकडाउनको समयमा नेपाल पत्रकार महासंघले सञ्चारकर्मी र सञ्चारगृहमा गरेको स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदन
विश्वभर महामारीका रुपमा फैलिइएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव नेपालमा देखापरेपछि २०७६ चैत्र ८ गते सम्पन्न नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको उपलब्ध बैठकले सञ्चारमाध्यम र पत्रकारको दायित्वबारे अपिल जारी गर्दै पत्रकारिता क्षेत्रमा देखा पर्नसक्ने समस्याहरुको पहिचान गरी  समाधानका लागि सहजीकरण एवम् समग्र अवस्थाको अनुगमन र संयोजन गर्न अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा उपाध्यक्ष विपुल पोखरेल, दिलिप थापा र महासचिव रमेश विष्ट रहेको समन्वय समिति गठन गरेको थियो । अहिले उक्त समितिको समन्वयमा पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला तथा प्रतिष्ठान तहवाट सञ्चारकर्मी र सञ्चारमाध्यमको अवस्थाबारे अनुगमन गरिनुका साथै समस्या समाधानका लागि पहलहरु भइरहेको छ । यसबीचमा महासंघ केन्द्रीय समितिअन्तर्गत महासचिव रमेश विष्ट नेतृत्वको टिमले उपत्यकाका करिब डेढ दर्जन सञ्चारमाध्यमहरुको स्थलगत अनुगमन सम्पन्न गरेको छ । महासचिव रमेश विष्टको नेतृत्वमा गरिएको अनुगमन टोलीमा सचिव रामप्रसाद दाहाल, प्रकाश थापा, शीतलप्रसाद महत्तो, कोषाध्यक्ष राजेश मिश्र, केन्द्रीय सदस्य जन्मदेव जैसी, गोविन्दप्रसाद चौलागाईलगायत सहभागी हुनुहुन्थ्यो । महासंघको अनुगमन टोलीले सञ्चारमाध्यममा कार्यरत पत्रकार एवं व्यवस्थापन पक्ष र अन्य सरोकारवाला पक्षसँगसमेत छलफल गरेको छ । अनुगमनका क्रममा महासंघले सञ्चारकर्मी तथा सञ्चारगृहका लागि केही स्वास्थ्य सामग्रीसमेत वितरण गरेको थियो ।


१)मिडिया अनुगमनका क्रममा देखिएको अवस्था :
क) विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस९कोभिड १९० को संक्रमण नेपालमा पनि देखापरेपछि गरिएको लकडाउनको समयमा नेपाली सञ्चार क्षेत्रले संक्रमणको उच्च जोखिम मोल्दै जनतालाई सुसूचित गराउने गहन जिम्मेवारी वहन गरिरहेको छ । सीमित स्रोत साधन र अनेक कठिनाईका बीच कार्यस्थलमा खटिएर आफ्नो कर्तव्य पालना गर्दै नेपाली सञ्चारकर्मीहरुले ऐतिहासिक जिम्मेवारी पूरा गरिरहेका छन् । यो असाधारण परिस्थितिमा सञ्चार क्षेत्रले खेल्नुपर्ने भूमिका र दायित्व अत्यन्तै जिम्मेवारपूर्ण ढंगबाट पूरा भइरहेको छ ।

ख) कोरना भाइरसको उच्च जोखिम बढिरहेको समयमा सञ्चारकर्मीहरुको लागि सञ्चार गृहहरुले गरिएको पूर्वसर्तकता सन्तोषजनक पाइएन । विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामरा पर्सनहरु बढी जोखिममा रहेको देखिन्छ । कार्यालयमा पनि आवश्यक दुरी कायम नगरिएको र कतिपय सञ्चारमाध्यमहरुमा माक्स, स्यानिटाइजर र पन्जाजस्ता अत्यावश्यक सामग्रीसमेत प्रबन्ध गरिएको पाइएन ।

ग) अधिकांश सञ्चार गृहहरुले पत्रकारहरुलाई घरबाटै काम गर्ने व्यवस्था गरेको जानकारी दिएका छन् । केही सञ्चारगृहमा कार्यालयमै बसोबासको व्यवस्था गरेर पनि काम गर्ने व्यवस्था मिलाइएको पाइयो । तर, घरबाट अफिस जाने पत्रकारहरुमध्ये केहीले सवारी साधनको समस्या रहेको जानकारी गराए भने आफ्नै साधन प्रयोग गर्नेहरुका लागि पनि सवारी पासलगायतका समस्या परेको जानकारी गराएका छन ।

घ) लकडाउनको समयमा जोखिम मोलेर काम गरिरहेका पत्रकारहरुले सञ्चार गृहबाट सहजै पारिश्रमिक पाएको अवस्था देखिएन । बिगतका महिनाको बाँकी पारिश्रमिकसमेत प्राप्त गर्न नसक्दा श्रमजीवी पत्रकारहरुले आर्थिक अभाव झेलेर काममा खटिएको दुखद अवस्था अनुगमनका क्रममा देखियो । श्रमजीवी पत्रकार ऐनले तोकेको अवधिभन्दा बढी काम गर्नुपर्ने अवस्था रहेको र अतिरिक्त कामको पारिश्रमिक उपलब्ध गराएको पाइएन ।

ङ) लकडाउनको समयमा पनि देशका विभिन्न स्थानमा विभिन्न व्यक्ति र निकायवाट पत्रकारमाथि कुटपिट, धम्की, दुव्र्यवहार र काममा अवरोधका घटनाहरु घटे । राज्य पक्ष, राजनीतिक दल र अन्य पक्षबाट प्रेस स्वतन्त्रता विरोधी यस्ता घटनाहरु भएको पाइयो । लकडाउनको यस अवधिमा ६ वटा प्रेस स्वतन्त्रता हननका घटना भएको महासंघको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा अभिलेख गरिएको छ ।

लकडाउनको क्रममा २०७६ चैत १० गते देखि चैत २८ गतेसम्म भएका प्रेस स्वतन्त्रता हननका घटनाहरु यसप्रकार रहेका छन्-

क्र.सं घटना प्रकृति संख्या पीडित संख्या
धम्की
दुव्र्यवहार
समाचार संकलनमा अवरोध
  जम्मा ११

स्रोत : नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन इकाई
 

च) लकडाउनको समयमा कतिपय सञ्चारगृहले पत्रकार तथा प्राविधिकलाई जागिरबाट हटाइएको पाइयो । कतिपयले वेतलबी विदा दिएका छन भने कतिपयले आंशिक समय मात्रै काममा लगाएको पाइयो । यसवाट पत्रकारहरु बेरोजगार हुने क्रम बढ्दै गएको अनुगमनका क्रममा देखियो ।

छ) भाडामा बसोबास गरिरहेका सञ्चारकर्मीहरुलाई कार्यालय र घरमा आउनेजाने गर्नुपर्दा घरधनी र छिमेकबाट समेत आपत्ति प्रकट गरेको पाइयो । घरधनीले डेरा छाड्न दबाब दिने गरेको पाइयो । कतिपय ठाउँमा आपूm बसेको टोलमै प्रवेश गर्नसमेत नदिएको पत्रकारहरुले महासंघलाई जानकारी गराए ।

ज) लकडाउन सुरु भएपछि संघीय राजधानी काठमाडौंसहित प्रदेश राजधानी र जिल्लाबाट प्रकाशित हुने अधिकांश पत्रपत्रिका बन्द भएका छन् । केही राष्ट्रिय दैनिक, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यम सञ्चालनमा रहेका छन । लकडाउनले सबैभन्दा बढी छापामाध्यम प्रभावित भएका छन ।

२) समस्या समाधानका लागि महासंघबाट भएका पहल तथा सुझावहरु

क) विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने कुरामा दुई मत छैन । सञ्चारमाध्यमले प्रवाह गर्ने सत्यतथ्य समाचार र सचेतनामूलक सामग्रीले यो महामारी विरुद्घ लड्न महत्वपूर्ण सहयोग पुग्नेछ । त्यसका लागि सञ्चारमाध्यम र सञ्चारकर्मीहरुका लागि विशेष राहत र सहुलियतको मागलाई महासंघले अघि सारेको छ । महासंघको अनुगमनका क्रममा पत्रकार तथा सञ्चारगृहले राहतको अपेक्षा गरेको जानकारी गराएका छन् । तर, लकडाउनको दुई साता अवधि पूरा हुँदा पनि सरकारको तर्फबाट सञ्चार क्षेत्रका समस्या सम्बोधन, राहत तथा सञ्चार क्षेत्रसँग सहकार्यको कुनै पनि कार्यक्रम घोषणा नहुनु दुखद हो । महासंघ यस क्षेत्रका समस्या समाधानमा गम्भीर बन्न र तत्काल सञ्चार क्षेत्रका लागि राहत तथा सहकार्यको पहल गर्न सरकारसँग आग्रह गर्दछ ।

ख) कोरोना सक्रमणका विरुद्ध अग्रमोर्चामा रहेर लडिरहेका स्वास्थ्यकर्मीहरु पछि सुरक्षाकर्मी र सञ्चारकर्मीहरुले अग्रभागमा रहेर महत्वपूर्ण भूमिका खेलिरहेका छन् । यो अवस्थामा फिल्डमा खटिने सञ्चारकर्मीका लागि आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था, नियमित स्वास्थ्य परिक्षण, विमा र सहज सूचना प्राप्तिको व्यवस्थाका लागि सरकार र सम्वन्धित सञ्चार प्रतिष्ठानहरुमा महासंघ आग्रह गर्दछ ।

ग) यतिवेला सरकार र सञ्चार माध्यमबीच सहकार्य गरी आम जनताका लागि आवश्यक सूचना, शिक्षा, सचेतनाका साथै होम क्वारेन्टाइनमा बसेका बिद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्रीहरुको उत्पादन र प्रसारण गर्नेतर्फ योजना निर्माण गर्न पनि अत्यावश्यक देखिएको छ । यसतर्फ पनि महासंघ सरकारको ध्यानाकर्षण गराउँदछ ।

घ) नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र शाखाका पदाधिकारी तथा सदस्यहरुको संलग्नतामा मिडिया अनुगमन जारी छ । संकटको यस घडीमा महासंघको अभियानलाई साथ दिने सम्पूर्ण सञ्चारकर्मी मित्र, मिडिया सञ्चालक एवम् सरोकारवाला सबैमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यहाँहरुको साथ, सहयोग र समर्थनका लागि आग्रह गर्दछौ ।