श्रमजिवी पत्रकारको पेशागत सुरक्षाका लागि वृहत ऐक्यवद्धता प्रदर्शन आयोजना

श्रमजिवी पत्रकारको पेशागत सुरक्षाका लागि वृहत ऐक्यवद्धता प्रदर्शन आयोजना



२०७७ आषाढ १९

असार १९, काठमाडौं । कोरोनाभाइरस माहामारीको कारण पेशाबाट निस्काशन गरिएका तथा पारिश्रमिकबाट बञ्चित श्रमजिवी पत्रकारको हितमा नेपाल पत्रकार महासंघले आज काठमाडौंको बबरमहलमा श्रमजिवी पत्रकारको पेशागत सुरक्षाका लागि वृहत ऐक्यवद्धता प्रदर्शन आयोजना गरेको छ । 
कार्यक्रमलाई सम्बोधनगर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले हालको अवस्थामा पत्रकारहरुलाई पेशागत संकट परेको बताउ नुभयो । उहाँले  कोरोनाका कारण देखाउदै मिडियाका मालिकहरुले पत्रकारिता गरि बाच्नपाउने पत्रकारको अधिकार खोसेको बताउनुभयो । उहाँले पत्रकारलाई जागिरबाट निस्काशनगर्ने , बेतलबी बिदामा राख्ने गरेको भन्दै ति समस्या समाधानकालागि महासंघ भोलिदेखिनै त्यस्ता सञ्चारगृहमागई अनुगमनगरी निश्कासित पत्रकारको अधिकार पुनःस्थापित गर्न आन्दोलनगर्ने बताउनुभयो । 
यस्तै महासंघका महासचिव रमेश विष्टले पत्रकारको श्रम शोषण गर्ने सञ्चारगृह बन्द हुदैमा जनता सूचनाको हकबाट बञ्चितनहुने बताउनुभयो । उहाँले पत्रकारको हितका लागि सबै पक्षलाई जानकारी गरेर मात्रै आन्दोलनमा आएको भन्दै सहज ढंगबाट श्रमजीवि पत्रकारको अधिकार स्थापीत हुदै भने महासंघ टुलु टुलु हेरेर नबस्ने बताउनुभयो । 
महासंघको पूर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारका कारण करोडपति बनेका मिडियाका मालिकहरुले पत्रकारको पेटमा लात हानेको भन्दै त्यो मान्य नहुने बताउनुभयो । 
प्रेस संगठनका अध्यक्ष महेश्वर दाहालले पत्रकारहरुले हिजको दिनमा देशको स्वतन्त्रताका लागि लडेकोभन्दै आज कोरोनाको बाहानमा पत्रकारको पसिनाको परिश्रम नदिने मिडियाका मालिकलाई कुनैपनि वाहानामा नछोड्ने धारणा राख्नुभयो । 
नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिंग्देलले कारोनाको बाहानमा पत्रकारलाई मिडियाका मालिकहरुले सडकमा ल्याएको भन्दै श्रमजीवि पत्रकारको हकहितका लागि सञ्चारगृह मात्रै हैन मिडियाका मालिकको घरमै गएर आन्दोलन गर्ने चेतावनी दिनुभयो । 
सञ्चारिका समुहकी अध्यक्षनितु पण्डितले जनतालाई स–ुसूचितगर्ने कार्यमा जस्तोसुकै अवस्थामा खटिएका पत्रकारलाई कोरोनाको बहानामा पेशाबाटै बञ्चित गरिनु अत्यन्तै दुखद भएको भन्दै पत्रकारले श्रमको उचित मूल्य पाउनुपर्ने बताउनुभयो । 
प्रेस नेपालका अध्यक्ष केशव अर्यालले श्रमजीवि पत्रकारकालागि आफ्नो संगठनले पटक पटकआवाज उठाउदै आएको भन्दै मिडियाका मालिकहरुले नाफा कमाउदा महल बनाउने, घाटाको भागिदार श्रमजीवि पत्रकार हुनुपर्ने व्यवस्था खारेजी हुनुपर्ने भन्दै मिडियाका मालिकहरुलाई पत्रकारको श्रमको परिश्रमिक दिन माग गर्नुभयो । 
लोकतान्त्रीक छापामाध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदर प्रसाद दवाडीले मिडियाका मालिकले पत्रकारको रोजीरोटि खोसेको भन्दै हिजो उहाँहरुले मिडिया खोल्दा कति सम्पति थियो,आजकति छ,त्यसको छानविन हुनुपर्ने धारणा राख्नुभयो । 
क्रान्तिकारी संगठन नेपालका प्रतिनिधि धनन्जय बुढाले मिडियाका मालिकहरुले पत्रकारमाथि गरिएको श्रम शोषणका विरुद्र हिजोदेखि नै आफ्नो संगठन लागेको भन्दै महासंघको यस अन्दोलनमा ऐक्यवद्धता रहेको बताउनुभयो । 
प्रगतिशिल पत्रकार संघका पूर्व अध्यक्ष नारायण शर्माले श्रमजीवि पत्रकार ऐनको पूर्ण कार्यान्वयनकालागि बषौंदेखि आवज उठाइरहेको अवस्थामा आज त्यही मुद्दामा सबै पत्रकारको साझा मुद्दाका रुपमा लिएर आन्दोलन भइरहेकोमा त्यसमा आफ्ना संगठनको पूर्ण साथ रहने बताउनुभयो । 
कान्तिपुर संयुक्त ट्रेड यूनियनका प्रतिनिधि अर्जुन पाठकले जसरी मिडिका मालिकहरुले श्रमजीवि पत्रकारलाई श्रमशोषणगरि सम्पत्ति कमाएका छन् त्यसको पर्दाफास गर्ने बेला आएको बताउनुभयो ।
जनपत्रकार संगठनकी सचिव सृजना तिम्सिनाले मिडिया मालिकहरुले पत्रकारलाई प्रयोग गर्दै फाइदा उठाउने र संकटका बेला पत्रकारको घाउमा नुन छर्ने काम इतिहास देखि भइरहेको भन्दै त्यसबा बिरुद्ध कडा आन्दोलन आवश्यक रहेको बताउनुभयो ।