कोभिड–१९ ले स्वरोजगार तथा साना मिडियामा पारेकाे समस्या समाधानका लागि आग्रह

कोभिड–१९ ले स्वरोजगार तथा साना मिडियामा पारेकाे समस्या समाधानका लागि आग्रह



२०७८ जेठ २६

जेठ २६, काठमाडौं । नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाँईले हिजो सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिवलाई भेटि कोभिड–१९ले स्वरोजगार तथा साना मिडियाका समस्या समाधानका लागि आग्रह गर्नुभएको छ । 
भेटमा सूचना तथा सञ्चार प्रविधि सचिव हरिप्रसाद बस्यालले महासंघको मागप्रति सकारात्मक रुपमा लिदै उक्त मागहरुको अध्ययन गरी सम्बन्धित निकायलाई समाधानका लागि प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 


महासंघले उठाएका मागहरु निम्न रहेका छन् । 
१. कोरोना संक्रमणको प्रभावले साना लगानी तथा स्वरोजगारमूलक मिडियाहरु धरासायी हुदै गएका छन् । यो अवस्थालाई मध्यनजर गर्दै साना लगानी तथा स्वरोजगारमूलक  मिडियाहरुलाई जोगाउन हाल प्रदान गरिँदै आएको लोककल्याणकारी विज्ञापन वापतको रकमलाई वृद्धि गर्नुपर्नेमा दिँदै आएको रकमबाट १० प्रतिशत कल्याणकारी कोषमा जम्मा गर्ने भनी बजेट बक्तव्यमा आएको कुराले स्वारोजगारमूलक तथा साना लागानीका सञ्चार माध्ययमा निराशा पैदा गराएको छ । तसर्थ, लोककल्याणकारी विज्ञापनबाट १० प्रतिशत नकाटी थप ५० प्रतिशत वृद्धि गर्न आग्रह गर्दछौं । 
२. पत्रपत्रिकालाई प्रदान गरिदै आएको लोकल्याणकारी विज्ञापनबापतको रकम जिल्ला हुलाकमार्फत भुक्तानी दिँदै आएकोमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भुक्तानी प्रक्रियालाई अझै सहज बनाउन आग्रह गर्दछौं । कोभिडको समयम समयमै पत्रिका प्रकाशन गर्न नसकेका कारण लोककल्याणकारी विज्ञापनको भुक्तानी रोकिएकोले विगत कोरोनाकालजस्तै एकैपटक प्रकाशन गर्न र भुक्तानीका लागि सहजीकरण गर्न माग गर्दछौं । 
३. प्रकृया पुरा गरी सञ्चालनमा रहेका अनलाइन सञ्चार माध्यमहरुलाई यसै आ.व. देखि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन हुन आग्रह गर्दछौं । साथै, समानुपातिक विज्ञापन लागु गर्न माग गर्दछौं ।