नेपाल पत्रकार महासंघ र कान्तिपुर मिडिया ग्रुपबाट कानुनविपरीत निष्कासन तथा सरुवा गरिएका पत्रकारहरूबीच बुधबार महासंघ केन्द्रीय कार्यालयमा छलफल

नेपाल पत्रकार महासंघ र कान्तिपुर मिडिया ग्रुपबाट कानुनविपरीत निष्कासन तथा सरुवा गरिएका पत्रकारहरूबीच बुधबार महासंघ केन्द्रीय कार्यालयमा छलफल



२०८० आश्विन १७

 

असोज १७, काठमाडौं । नेपाल पत्रकार महासंघ र कान्तिपुर मिडिया ग्रुपबाट कानुनविपरीत निष्कासन तथा सरुवा गरिएका पत्रकारहरूबीच बुधबार महासंघ केन्द्रीय कार्यालयमा छलफल भएको छ । 
छलफलले कानुनविपरीत भएका सुरुवा बदर, निष्कासन गरिएका पत्रकारहरूको पुनर्बहाली र पारिश्रमिक नियमित भुक्तानीलाई वार्ताको पहिलो शर्त बनाउने निष्कर्ष निकालेको छ । 

जुनसुकै विषयमा निर्णय लिँदा सम्बन्धित सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकार ऐनका प्रावधानहरूको अक्षरशः पालना गर्नुपर्ने निष्कर्ष छलफलले निकालेको छ । 

त्यसरी निर्णय लिँदा राज्यले तोकेको न्यूनतम पारिश्रमिकलाई आधार बनाउनुपर्ने छलफलको निष्कर्ष छ । आन्दोलनको घोषणा, कानुनी उपचारको तयारी र सम्वादलाई सँगसँगै अगाडि बढाउने निष्कर्ष छलफलले निकालेको छ । 

छलफलमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले आवश्यकता अनुसार आन्दोलन, सम्वाद र कानुनी उपचारलाई सँगसँगै अगाडि बढाउने बताउनुभयो । उहाँले वार्तामार्फत् समस्या समाधान हुने स्थिति नदेखिए कानुनी उपचारको तयारी र आन्दोलनका कार्यक्रम घोषणा गरिने बताउनुभयो ।