मिति : २०८३।०७।१३
प्रकाशित समाचारको विषयलाई लिएर सिरहास्थित अपन दैनिकका सञ्चारकर्मी श्यामकुमार यादवलाई अजय यादव भन्ने व्यक्तिले धम्क्याएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
तस्करीसम्बन्धी भिडियो समाचार प्रकाशित भएपछि यादवलाई घरमै पुगेर धम्क्याएको महासंघको सिरहा शाखाले जनाएको छ । धम्की दिने यादव हाल प्रहरी नियन्त्रणमा रहेका छन् ।
समाचारमा चित्त नबुझे विधिसम्मत समाधान खोज्न सकिनेमा त्यसो नगरी पत्रकार धम्क्याउनु निन्दनीय र प्रेसविरोधी कार्य हो ।
अतः महासंघ घटनाको निष्पक्ष छानबिनका साथै धम्की दिने यादवलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।
………………..
रामप्रसाद दाहाल
महासचिव